ताजा अपडेट »

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना

विहीबार, ०९ चैत्र २०७९, ०९ : ००
84 Shares
विहीबार, ०९ चैत्र २०७९
84 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरभित्र कुकुर पालनका लागि अब अनिवर्या अनुमति लिनुपर्ने भएको छ । घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रुपमा अनुमतिपत्र लिन आग्रह गर्दै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो ।

समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो । नगरपालिकाले चैत्र ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रुपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो ।

नगरपालिकाको पशु दर्ता एम मार्फत अनुमती पत्र लिन सकिने सूचनामा जनाइएको छ । नगरपालिकाको वेव साइट www.tilottamamun.gov.np मा गएर पशुएम डाउनलोड गरी अनलाइनबाट नै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको छ ।

No description available.
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।