केहि समय अघि संघ, प्रदेशको निर्वाचन सम्पन्न भैसकेको छ भने स्थानीय निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पुरा हुन लागेको छ । अब नेपाली समाज विकासको चरणमा प्रवेश गरेको छ । तसर्थ यो समय विकासको चरण हो । हामीले विकास र समृद्धिका कुरा गरिरहर्दा युवा नेतृत्व र सहभागिताका बारेमा बहस, छलफल गर्न आवश्यक छ । ती बहसमा राजनीतिको महत्वपूर्ण भूमिका रहन्छ ।
वर्तमान समयमा युवावर्गलाई राजनैतिको मुल नेतृत्व प्रदान गरिनु पर्छ भनेर दमित र असन्तुष्टका आवाजहरु निरन्तर आउने गर्छन् । तर नेपाली राजनीतिदलले कहिले पुस्ताहतान्तरण गर्ने हो त्यो समयको गर्भमा रहेको छ । किनकी नेपालका राजनैतिक नेतृत्व वर्गको क्रियाकलाप हेर्दा अपवाद बाहेक सक्भर मृत्यु पछि मात्र पद छाड्ने मनसाय हाम्रा नेतृत्वमा रहेको देखिन्छ । जसले गर्दा सम्भावना बोकेका कुशल युवाहरु राजनैतिक क्षेत्रबाट धेरै टाढा रहन बाध्य छन् ।अझ परिवर्तनका नारा बोकेर अगाडि आईरहेका नँया राजनीतिक पार्टीहरुको अलमल सत्ता मोहो र ढुलमुल पनले फेरि एक पटक युवाहरु झुक्किएको भान गरिसकेका छन, त्यस अर्थमा पनि मुलुका शक्तिशालि पार्टी जसले हिजो आज र भोलि देशको नेतृत्व गर्न सक्ने हैसियत मा छन् ति पार्टीले युवाको मनोभावन बुझ्न जरुरी छ। ती पार्टीहरुले युवाका आवाज बुझ्ने, बोक्ने र युवालाई कुशल मार्गदर्शन गर्दै अगाडि बढ्ने नेतृत्व ल्याउनु पर्ने देखिन्छ।
युवावर्गलाई भविष्यको कर्णधार, राजनीतिको मेरुदण्ड, परिवर्तनका सम्बाहक भनिरहर्दा कर्णधार बन्ने अवसर कहिले पाउँछन भन्ने प्रश्न प्रमुख हो । उमेरले नेटो काटे पछि ? तर पनि आजका युवा राजनैतिकले यो प्रश्नको उत्तर प्रत्येक युवावर्गले समयमा नै खोज्नै पर्ने बेला आएको छ । कति युवा राजनैतिक तालमेल मिलाउन नसक्दा कति खेर किनारमा पुगिसकेका हुनछन थाहा नै हुदैँन् । निर्वाचित हुँदै गए पनि पार्टीको पदाधिकारीसम्म पुग्दा ऊ कतिबेला युवाबाट वृद्धमा बदलि सकेको हुन्छ थाहा नै हुँदैन् । विद्यार्थी र युवा संगठनमा हेर्दा त्यसका ४० वर्ष उमेरकाले नेतृत्व समालिरहेका छन् । अब यस्तो स्थितिमा ऊ कहिले पार्टीको केन्द्रिय सदस्य बन्ने, कहिले पदाधिकारी बन्ने र पार्टी र देशको नेतृत्व कहिले सम्माल्ने । उत्तर स्पष्ट छ उमेरले नेटो काटे पछि ।
आज नेपाली समाजमा युवाको अवस्था हेर्ने हो भने निकै नै करुणामय अवस्था छ । शिक्षित युवा हुन् वा साक्षर युवा सबैको आफ्नो समस्या, पिडा छ जस्तो बेरोजगारी, अवसरको कमि र परिवारसँग छुट्टीएर विदेशिनु पर्ने जस्ता साझा समस्याहरु छन् । अनिश्चित भविष्यदेखि उनीहरु निकै नै निराशा साथै हतोसाहित भएको अवस्था छ । हामीले युवा नेतृत्वको कुरा गरिरहर्दा युवा किन निराशा र हतोसाहित छन । उनीहरुले के चाहान्छन । उनीहरुको सीप ,क्षामता र अनुभवलाई कसरी उपयोग गर्न सकिन्छ । त्यस बारे ठोस नीति र कार्यक्रम हुन जरुरी छ । कतिपय युवाहरु विदेश जान पाउँ भनेर विभिन्न मन्दिर, चर्च, गुम्बा र मस्दिजमा धाउने गर्छन भने, सानो भन्दा सानो कामको लागि पनि अपवाद बाहेक नेता र सम्बन्धित व्यक्तिलाई भनसुन लगाएत विशेष अनुरोध गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सर्वप्रथम युवालाई कसरी स्वदेशमा अवसरहरु सृजना गर्न सक्छौ । त्यस तर्फ सघीय, प्रदेश र स्थानीय सरकारले ध्यान जान जरुरी छ ।
आज हामी नेपाली युवाहरु विभिन्न पाटिमा आबद्ध छौँ । त्यो राम्रो हो तर युवा कसरी आबद्ध भएका छन् । पार्टीमा उनीहरुको भूमिका के कस्तो छ । युवाहरु लहलहैमा लागेर पार्टीमा हिडेका छन् वा आफ्नो बाजे, बाबा वा आफन्त, छिमेकी लागेकै भरमा पार्टी रोजेका छन् । कि निश्चित स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले समाबेश भएका छन् । राजनीतिमा बुझेरै वा बहकिएर उनीहरुले पार्टी रोजेका छन् । युवा नेतृत्वले कस्तो नेपाल चाहन्छ । स्पष्ट हुन जरुरी छ । अपवाद बाहेक राजनीतिमा युवाको भूमिका भिड जम्मा गर्ने, झण्डा बोक्ने, आन्दोलन गर्ने । त्यसमा पनि विषेश गुट र नेताको प्रचार गर्ने । गुटका नेताको अन्धभक्त भएर चाकरी गर्नमा नै सिमित हुने । आलोचनात्मक भन्दा पनि स्वार्थ प्राप्तका निम्ति गरिने क्रियाकलापले युवालाई प्रश्न गरिरहेको छ । ठोस नीति र उद्देश्य नहुँदा युवाको सम्भावना र समय खेर जाँदै छ । तसर्थ अबका युवा वर्गले राजनैतिकसँगै आत्मनिर्भरता तिर, उद्यमशिलता तिर पनि जोडिन जरुरी छ । २१ औँ शताब्दीमा समाजिक सन्जालले विश्व एक समाज बनि रहँदा एआईका युगमा हामी युवा कहाँ र कुन स्तरमा हुनुपर्ने विषयमा पनि मन्थन हुन जरुरी छ ।
हामी भन्दा अघिको समयमा केके भयो । कसले के गरे भनेर आलोचना र दोष अरुलाई देखाएर चोखिनु भन्दा इतिहासको समिक्षा गर्दै युवा वर्ग अघि बढ्न जरुरी छ । अबका युवा पुस्ताले आग्रजको अनुभव र विज्ञको सल्लाह सुझावलाई औलाउँदै नेतृत्व लिने आट गर्नु पर्छ । हाम्रो पुस्ताले आउने पुस्तालाई विकसित,आत्मानिर्भर तथा समृद्धि नेपाल हस्तान्तरण गर्न जरुरी छ । तसर्थ हामीले आट नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने किनकी आज २१ औँ शताब्दीमा नेपाल र अरु राष्ट्र कहाँ छन मूल्याङक्न गर्न जरुरी छ । के हामी युवाले राजनीति र नेतालाई गाली गरेर मात्र देश विकास हुँदैन । त्यसका लागि राजनैतिक रुपमा सहभागि हुन जरुरी छ । मतदाता र कार्यकता भन्दा माथि उठेर नेतृत्वमा सहि काम गर्न जरुरी छ ।
त्यसका लागि हस्तक्षेपका माध्यमबाट नेतृत्वमा पुग्ने पु¥याउने आट गर्नुपर्छ । लाभका पद नपाउन्जेत युवा नेतृत्व भने पाएपछि चुपलागेर बस्ने युवाहरुका बिरुद्ध पनि बोल्न जरुरी छ । युवालाई भविष्यका कर्णधार भनेर वर्तमानमा युवाको भविष्य माथि खेलवाड गने अधिकार कोहिसँग पनि छैन । अब युवा भविष्यको कर्णधार भन्दा पनि वर्तमानको सझेदार बन्न सक्नु पर्छ । अब पुस्तान्तरण र युवा नेतृत्वका पार्टीमा संघर्षको विकल्प छैन् । नत्र हजारौ युवा नेताहरु कतिबेला वृद्धमा रुपान्तरण भैसकेका हुन्छन् स्वयम् उनीहरुलाईपनि थाहा हुँदैन् । तसर्थ युवालाई समाजिक रुपान्तरणका लागि सहयात्री बनाउने वतावरण निमार्ण गर्न जरुरी छ । एका तिर वर्तमानको राजनैतिक पद्धति बद्लिन जरुरी छ बने हामी युवा पनि राजनैतिक पद्धति बदल्न अग्रसर हुन जरुरी छ ।
प्रतिक्रिया