ताजा अपडेट »

ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ?

सोमबार, ०६ चैत्र २०७९, १६ : २५
2 Shares
सोमबार, ०६ चैत्र २०७९
2 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैसँग सहकार्य गर्न सकेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभा बै‌ठकलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीसहितको गठबन्धन टुट्ने आकलन आफूले पहिलो दिनमै गरेको बताए । अहिले बनेको गठबन्धन भने तत्काल नटुट्ने उनले बताए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै नेता नेपालले आफ्नो कमजोरी सुधार नगर्ने नेताको कार्यशैलीका कारण अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता नेपालले किन कसैसँगको सहकार्य हुन सकेको छैन भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए ।प्रत्येक नेताले आफ्ना काम, व्यवहार र अभिव्यक्तिको समीक्षा गर्नुपर्छ, किन कसैसँगको सहकार्य हुन सकेको छैन ?’, नेपालले भने, ‘अहिलेको परिवेश उत्पन्न हुने कुरा पहिलो दोस्रो दिनमै आकलन गरेको थिएँ । राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।