ताजा अपडेट »

तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश

सोमबार, ०६ चैत्र २०७९, १३ : २४
48 Shares
सोमबार, ०६ चैत्र २०७९
48 Shares

अफगानिस्तान । तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ।

पाकिस्तानको पेशावरस्थित अफगान इस्लामिक प्रेसले सरकारी पदमा उच्च पदस्थ ब्यक्तिहरुको आफान्त र नातागोता रहेको सार्वजनिक गरे पछि तालिवान सरकारले सो आदेश जारी गरेको हो ।तालिवानका नेता हिबतुल्लाह अखुन्दजादाले तत्काल उनीहरुलाई हट्न आदेश दिएको जानकारी दिएका हुन । उनका अनुसार पहुँचका आधारमा सरकारी पदहरुमा अनुभवहीन व्यक्तिहरुको प्रवेश भएकाले तत्काल हट्न आदेश दिइएको छ । 

डेढ वर्षदेखि तालिवानको शासनमा रहेको अफगानिस्तानमा आर्थिक संकटका कारण मानवीय संकट पनि उत्पन्न भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।