पुस २३,
ग्लोबल आवाज
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा लगानीको वातावरण सिर्जना हुन नसकेको बताएका छन् । सरकारले निजि क्षेत्रलाई आकर्षण गर्न नसक्दा लगानीको वातावरण बन्न नसकेको उल्लेख गरे ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल- २०७६’ को समापन समारोहमा बोल्दै उनले गत वर्षभन्दा यो वर्ष कर्जा प्रवाहमा कमी आएको उल्लेख गर्दै उनले साना तथा मझौला उद्योगहरुलाई थप गार्हाे भएको बताए । साथै उद्योग प्रवर्धन र विकासका लागि जग्गा अभाव भएको बताउँदै विशेष आर्थिक क्षेत्र (सेज) प्रभावकारी हुन नसकेको टिप्पणी गरे । कृषि उत्पादनलाई जोड दिएर नेपाली उत्पादनको निर्यात बढाउनु पर्नेमा जोड दिँदै गोल्छाले त्यसका लागि उद्योग वाणिज्य संघ सधै सकारात्मक र सहयोग गर्न तयार रहने प्रतिवद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्दै प्रदश ५ का सांसद कृष्ण न्यौपानेले प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट बाहिर नजाने दावी गरेका छन् । यही पौष ९ गतेदेखि ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको ‘औद्योगिक व्यापार मेलामा उत्पादन तथा प्रविधी समेतको प्रर्वद्रधन गर्ने गरी ५ सय स्टलहरु रहेका थिए ।
प्रतिक्रिया