ताजा अपडेट »

बुटवलमा स्विफ्त एजुकशनद्वारा प्राविधिकतर्फ नयाँ शैक्षिक कार्यक्रमको तयारी

शुक्रबार, ०३ चैत्र २०७९, १९ : १५
44 Shares
शुक्रबार, ०३ चैत्र २०७९
44 Shares

बुटवल । रोजगार सिर्जनाका लागि प्राविधिक शिक्षालाई जोड दिँदै स्विफ्ट एजुकशन प्रालिले बुटवलमै नयाँ शैशिक कार्यक्रम भित्र्याएको छ । उक्त शैशिक कार्यक्रम बारे जानकारी गराउने उद्देश्यसहित प्रालिले बुटवलमा ३ दिने करियर कन्सल्टेसन कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ ।

बुटवल मिलनचौकमा रहेको रहेको डेल्टा एजुकेशनको प्रांगढमा आयोजना गरिएको  तीन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन विभिन्न शैक्षिक तथा प्राविधिक क्षेत्रका व्यक्तित्व, विद्यार्थी तथा अभिभावकहरुसँग अन्तरक्रिया गरिएको छ । टेक्नोलोजीजका सह-संस्थापक सुरज माझी र प्रबन्ध निर्देशक समिता राना मगरले सञ्चालन गर्न लागिएको नयाँ शैक्षिक कार्यक्रमको बारेमा जानकारी गराएका छन् । फाउन्डर सुवास शाहीले उपस्थितहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षाको महत्वमा कम्पनीकोलजोड रहेको बताए । उनले आजको प्रतिस्पर्धी संसारमा विशेषज्ञ प्रशिक्षकद्वारा  योग्य प्रतिभाहरू सिर्जना गर्ने गरी  यो कार्यक्रम आयोजना गरिएको बताए ।

प्राविधिक शिक्षाले  जसले आगामी पुस्ताको उत्पत्ति गर्न मद्दत गर्ने जानकारी दिदै उनले  पनि महत्पूर्ण काम  गर्ने अवसर  समेत यो कार्यक्रमले सुरुवात गर्ने उनको भनाई रहेको थियो ।
सहभागीहरूलाई क्यारियर विकल्पहरू अन्वेषण गर्ने अवसर प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको कम्पनीले जानएको छ ।
सहभागीहरुले नयाँ स्तरको कार्यक्रम भएको कारण उत्साह व्यक्त गरेका थिए  ।

अनुभवी विशेषज्ञहरुबाट  सिक्ने र महत्वपूर्ण विषयबारे जानकारी लिने अमुल्य अवसर प्राप्त गरिएको उनीहरुको प्रतिक्रिया रहेको जनाइएको छ । कार्यक्रमको पहिलो दिन अन्तरक्रियात्मक गतिविधि, खेल, नेटवर्किङको दायरा पनि राखिएको थियो परामर्श सत्रको रूपमा सहभागीहरूले सफ्टवेयरमा विशेषज्ञहरूसँग संलग्न हुने अवसर पाएका थिए । ईन्जिनियरिङ्, ग्राफिक डिजाइन, र उद्यमशीलता गरी ३ वटा कोर्षको विषयमा  आयोजकले प्रष्ट पारेका थिए ।

स्विफ्त एजुकेशन प्रालिले गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिव रहेको जनाएको छ । नेपाल र बाहिरका व्यक्तिहरू, अन्तर्राष्ट्रिय बुटक्याम्प मा समेत सहभागीता गराउने जसमा २० जनाले मात्रै सहभागी हुन पाउने छन । यसरी सहभागीहरुले अन्तराष्ट्रिय स्तरको बुट क्याम्पको शैलीमा प्रशिक्षण, तालिम र सिप सिक्ने छन् । शिक्षा प्राप्ती पश्चात १०० प्रतिशत जागिर प्राप्त गर्न सकिने समेत कम्पनीले जानएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।