ताजा अपडेट »

रास्वपाको उपराष्ट्रपतिमा ममता झालाई मत दिने निर्णय

शुक्रबार, ०३ चैत्र २०७९, १४ : ४१
32 Shares
शुक्रबार, ०३ चैत्र २०७९
32 Shares

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिन केही समय बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कसलाई मत दिने भन्ने विषय टुंग्याएको छ ।शुक्रबार बिहान १० बजेबाट उपराष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा रास्वपाले ममता झाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । झा जनमतको तर्फबाट उम्मेदवार बनेकी छन् । उनीसँगै गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा छन् ।  राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा झालाई दिने भएको हो । उपराष्ट्रपति निर्वाचनको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।