ताजा अपडेट »

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक

विहीबार, ०२ चैत्र २०७९, १३ : ३९
44 Shares
विहीबार, ०२ चैत्र २०७९
44 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो । 

राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार नै रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।