काठमाडौं। विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ। नेपालका सन्दीप लामिछाने सबैभन्दा कम खेलमा विकेटको शतक पुरा गर्ने कीर्तिमानबाट २ विकेटले मात्र पछाडि छन् ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ भने त्रिवि क्रिकेट मैदानमा खेलेका एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा ९ खेलयता हार बेहोरेको छैन। आजको खेलमा टिम प्रशिक्षक मोन्टी देशाईले खेलाडीहरुमा केही परिवर्तन गरेका छन् । नेपालले तीव्र गतिका बलर करण केसीलाई युएईविरुद्ध बेन्चमा राखेको छ ।
करणको स्थानमा गुलशन झालाई मौका दिएकोछ । नेपालले आजको खेलमा प्रतिश जि.सी. ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य परिवर्तन छैन । उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ ।
वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।
नेपालको प्लेइङ ११ : आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
प्रतिक्रिया