ताजा अपडेट »

आईसीसी विश्वकप लिग-२ : नेपालले आज अन्तिम तथा महत्वपूर्ण खेल युएईसँग खेल्दै

विहीबार, ०२ चैत्र २०७९, ०५ : ३०
56 Shares
विहीबार, ०२ चैत्र २०७९
56 Shares

बुटवल । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अजा बिहीबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे टियु क्रिकेट मैदानमा हुँदै छ ।

अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ। पराजित भएमा भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। वर्षा वा कुनै कारण खेलको नतिजा नआएपनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।

युएईले शीर्ष पाँचमा रहदै सोझै ओडिआई मान्यता अवसर गुमाई सकेकोछ । युएईले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सके आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको ओडिआई मान्यता गुम्नेछ।

नेपाल लिग २ को अन्तिम खेलमा सानदार जित हात पार्न चाहन्छ । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने प्रयास गर्नेछ । नेपालले टोलीको रणनीति, विपक्षी टोली र पिच कन्डिसन हेरेर विश्वकप छनोटमा पुग्न निर्णायक खेलमा आफ्नो प्लेइङ ११ निर्धारण गर्ने देखिन्छ । नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ९५ रनमा अल आउट गरेको थियो । ९६ रनको लक्ष्य ७ दशमलव ५ ओभरमा पूरा गरेको थियो । त्यस्तै युएईलाई ७१ रनमा अल आउट गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।