काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्। उपराष्ट्रपतिको चुनाव सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्डले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।
प्रतिक्रिया