काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा हुन गई्रहेको उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सबन्धित कमिटिलाई निर्देशन दिएको छ ।बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रबत्ता प्रकाशशरण महतले जानकारी दिए ।
आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसाला पछि खारेज भएको चितवन–२ को उपनिर्वाचन आगमी बैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।
प्रतिक्रिया