ताजा अपडेट »

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मत दिने कांग्रेसको निर्णय

बुधबार, ०१ चैत्र २०७९, १३ : १०
34 Shares
बुधबार, ०१ चैत्र २०७९
34 Shares

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रेस  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

यसका लागि बैठकले आफ्ना सांसदलाई निर्देशन दिने निर्णय गरेको महतले बताए । बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए ।उपराष्ट्रपति पदको निर्वाचन ३ चैतमा हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।