ताजा अपडेट »

जगदम्बा जीतपुरसिमरा गोल्डकप ९ चैतदेखि

मंगलबार, ३० फागुन २०७९, १४ : ४०
34 Shares
मंगलबार, ३० फागुन २०७९
34 Shares

बारा । जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुर सिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि आयोजनाहुने भएको छ ।सिमरा रंगशालामाफ्लड लाइटमा आयोजनाहुने प्रतियोगिताबारे सोमबार आयोजक नवजनजागृती युवाक्लबले सिमरामा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।प्रतियोगितामा ५ ए डिभीजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ ।

साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पाक्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसीचितवन, मकवानपुर ११ हेटौंडा, बागमतीयुवाक्लब सर्लाही, वीरगंज युनाइटेड क्लब र आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिता खेल्नेछन् ।प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँप्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकलप्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलकाम्यानअफदिम्याचले १० हजार रुपैयाँप्राप्त गर्नेछन् । 

पत्रकार सम्मेलनमा मुख्यप्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।अघिल्लो संस्करणबाट मूख्यप्रायोजकका रुपमाआएको जगदम्बा स्टिलले यसवर्षका लागि सम्झौतानविकरण गरेको हो ।प्रतियोगिताको व्यवस्थापनमा जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्यआर्थिक सहयोग प्रदान गर्ने क्लबकाअध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यकतयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नवजनजागृति युवाक्लबले जनाएको छ ।

सूर्य नेपालप्रा.लि.को मूख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता बृद्धि गरिएको क्लबले जनाएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजताप्राप्त गर्नेछन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।