ताजा अपडेट »

उत्कृष्ट लयमा जितलाई कायम राख्ने दाउमा नेपाल, आज पिएनजीसँग खेल्दै

सोमबार, २९ फागुन २०७९, ०६ : २३
42 Shares
सोमबार, २९ फागुन २०७९
42 Shares

बुटवल । आइसीसी विश्वकप लिग–२ का बाँकी २ खेलमा समेत निरन्तर उत्कृष्ट नतिजासहित जित दर्ता गर्ने दाउमा नेपाल रहेको छ । घरेलु मैदानमा जारी त्रिदेशीय शृङ्खला अन्तरगत नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै छ । विहान साढे ९ बजे क्रिपुरेश्वर स्थित क्रिकेटमा मैदानमा हुने प्रतियोगितामा जित निकाल्ने उच्च मनोबलकासाथ नेपालल रहने छ ।

नेपाल, युएई र पिएनजी गरी ३ देशबीचको सिरिजमा यसअघिका दुई खेलमा नेपालले जित हासिल गरेको थियो । पहिलो खेलमा पिएनजी र दोस्रो खेलमा आइतबार युएईलाई हराएको थियो । पिएनजीसँग आजको अन्तिम खेलमा पनि जित निकाल्ने दाउमा नेपाल रहेको छ । जारी लिग अन्तरगत नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपालले सोमबार पपुवा न्युगिनी र विहीबार युएईलाई हराउँदा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमाछ । नेपाललाई सिधै विश्वकप छनोट खेल्न नामिबियालाई पछि पार्नुपर्ने हुन्छ । नेपालले दुवै खेल जितेमा नामिबियालाई पछि पार्नेछ । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् ।

यता युएई, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्ने पक्का भएको छ । अव नेपाल र नामिबिया मध्य चौथो स्थानमा रहने टोलीले पनि प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफमा लिग(२ का पुछारका चार टोलीसँगै जर्सी र क्यानडा गरि ६ टोली हुनेछन् ।

जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा कुल लिग २ का शीर्ष तीन टोली, प्लेअफ क्वालिफायरका शीर्ष दुई र सुपर लिगका पुछारका पाँच गरि १० टोली हुनेछन् । जिम्बावेमा हुने विश्वकप छनोटमा फाइनलमा स्थान बनाउने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।