ताजा अपडेट »

कांग्रेस परित्याग गरे रामचन्द्र पौडेलले

आइतबार, २८ फागुन २०७९, १५ : १९
36 Shares
आइतबार, २८ फागुन २०७९
36 Shares

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् ।गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पदद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् । आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगी मार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।