ताजा अपडेट »

खुद्रा व्यवसायी संघद्धारा रक्तदान

मंगलबार, २२ पुस २०७६, १७ : ५२
32 Shares
मंगलबार, २२ पुस २०७६
32 Shares

पुस २२,

ग्लोबल आवाज

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले बुटवलमा रक्तदान गरेको छ । संघले आफ्नो सातौ अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मंगलबार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले रक्तदानले मानिसको बाच्न पाउने अधिकार सुरक्षित गर्ने बताए । समाजमा सबै वर्ग समूदायको अधिकार सुनिश्चत हुनुपर्ने बताउंदै किराना व्यवसायीका अधिकार सम्बोधन गर्नेगरी राज्यले नीति नियम बनाउनु पर्नेमा जोड दिए । वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा संघमा आवद्व व्यवसायीले रक्तदान गरेको संघका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक शंकर पाण्डेले जानकारी दिए ।

कार्यक्रम संघका अध्यक्ष गंगाधर न्यौपानेको अध्यक्षता र महासचिव कृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।