ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको बहस सकियो

शुक्रबार, २६ फागुन २०७९, १४ : १२
41 Shares
शुक्रबार, २६ फागुन २०७९
41 Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमाथिको प्रारम्भिक बहस सकिएको छ । 

माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए ।  सोही रिटमाथि शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइ सकिएको हाे । १ माघ २०७६ मा टुंडिखेलमा माघी पर्वमा अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए । उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वकार्दै साबिती बयान दिएको भन्दै ज्ञानेन्द्रराज आरणसहित र चिरन्जीविवास गिरीसमेतले गत मंगलबार छुट्टाछुट्टै रिट दायर गर्दै तत्काल  प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।