ताजा अपडेट »

दर्शन सुहाउँदो व्यबहारका लागि सार्वजनिक शिक्षा

विहीबार, २५ फागुन २०७९, २० : ११
122 Shares
विहीबार, २५ फागुन २०७९
122 Shares

नेपालमा निकै छोटो समयमा धेरै पटक राजनीतिक परिवर्तन भएका छन् । एकै पुस्ताले पञ्चायत, प्रजातन्त्र, हुँदै गणतन्त्रसम्मका व्यवस्था बीचको अन्तर भोग्ने अवसर प्राप्त गरेका छन् । राजनीतिक व्यवस्थाका परिवर्तनहरु कोहीले नेतृत्व गरेर कोहीले सेवाग्राही भएर भोग गरेका छन् । व्यवस्था परिवर्तनसँगै केही मात्रामा सेवाग्राहीले सेवालिने स्थान परिवर्तन गरेका छन् । एक लाख बढी व्यक्तिहरुले बिभिन्न राजीतिक दल तथा कर्मचारीहरुले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार प्रमुख, सरकारका सदस्य बन्ने, कर्मचारीहरुले बिभिन्न तह तथा शाखाको प्रमुख बन्ने अवसर प्राप्त गरेका छन् । जिल्लाका पुराना संरचनाहरु अवशेषका रुपमा योग्य र विज्ञशालाका रुपमा रहेका छन् । पालिकाहरुमा तामझामपूर्वक हिँउदे र वर्षे अधिवेशनहरु हुने गरेका छन् ।

स्थानीय कार्यक्रमका भाषणहरुमा सरकार प्रमुख, उपप्रमुख, प्रवक्ता जस्ता सम्मानित शब्दावलीहरुको प्रयोग हुँदै आएका छन् । सात प्रदेशमा प्रदेश प्रमुख, सभामुख, मन्त्री, स्वकीय सचिव, सचेतक, प्रतिपक्ष सचिवालय, गाडी÷घोडा, आकर्षक सजावट भएका आवासमा मान–सम्मानसहितको सेवा, सुबिधा व्यवस्थाले ल्याएका परिवर्तनहरु हुन् । यी सबै परिवर्तन संबैधानिक व्यवस्थाको आवश्यकता अनुसार निर्माण भएका कार्यहरु हुन् । यसमा जनगुनासो हुने कुरा भएन । घर भएर पनि त्रिपालमूनि बस्नु, भान्सामा खाना प्रशस्त हुँदा आँगनमा भोकै बस्नु, समान हैसियत भएकाहरु मध्ये एक जनाको जीवनमा सबै कुरा सहज हुनु अर्काले दुःख र समस्या मात्रै झेलिरहन पर्नु सुन्दर व्यवस्था भित्रका क्रुर व्यवहार हुन् ।

सेवाप्रदायकलाई जति सेवाग्राहीको नजिक पुर्याउन सकिन्छ उतिनै जनमैत्री, प्रभावकारी र पारदर्शी रुपमा नागरिकले सेवा प्राप्तगर्न सक्छन् भन्ने गणतान्त्रिक ब्यवस्थाको मान्यताहो । त्यही मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न बिभिन्न संरचनाहरु आवश्यक भएका हुन् । उक्त व्यवस्था ल्याउन ठूलो मिहिनेत गर्नेलाई भन्दा व्यवस्था कसरी परिवर्तन भयो भन्ने जानकारी समेत नभएकाहरुलेनै बिभिन्न संरचनाको नेतृत्व गर्ने परिवेश तयार हुंर्दै गएको देखिन्छ । व्यवस्था फेरिदा आम नागरिकको अवस्था नफेरिएको हुँदा व्यवस्थाप्रतिनै बितृष्णा बढ्दै गएको भन्ने बुझ्न सकिन्छ । निर्बाचनका वेला जित्नेलाई टिकट दिनुपर्ने, पैसा खर्च गर्न सक्नेले चुनाव जित्ने हुँदा दलहरुले धनबीरहरुलाई टिकट दिदै आएका छन् । चुनावको बेला आकांक्षीहरुको संख्या पनि निकै ठूलो देखिन्छ । ठूलो भिडबाट एक जना छान्ने एउटा मापदण्ड “धनवीर” पनि भएको छ । कुनै नौलो ठाँउमा जनप्रतिनिधि भनेर परिचय दिदैगर्दा उक्त व्यक्तिका गुण र क्षमताको बारेमा त्यति चर्चा गरिदैंन । बरु, उसको आर्थिक सामर्थको बारेमा विभिन्न अनुमानहरु लगाउने गरेको पाइन्छ । वा चुनावमा टिकट ल्याउने व्यक्तिको समाजप्रतिको लगाव र लोकप्रियता हेरिँदैन शक्ति केन्द्रसँग नजिकको सम्बन्ध भएकोले टिकट पाएको भनेर बुझ्ने गरिन्छ ।

यही संस्कार र बुझाई विद्यमान व्यवस्थाको लागि ठूलो चुनौती हो । ठूला वा साना पदमा निर्बाचित भएर जनतालाई दिन सक्नुपर्ने कुरा के हो । त्यो दिने सामथ्र्य छ कि छैन भनेर बिचार नगर्दा यस्ता समस्या आएका छन् । चुनाव जित्नु अगाडि जनतामा नगद बाँडिने परम्पराले सक्षम व्यक्ति बाहिर पर्दै आएका छन् । जसले चुनाव अगाडि भोटका लागि भुक्तानी गर्छ । उसले चुनावपछि लगानी गर्नुपर्ने दायित्व हँुंदैन । द्रब्य सधैं बाँड्न सकिंदैन, बाँड्दा सकिन्छ । ज्ञान, बुद्धि, संस्कार, अनुभव र शैली जति बाँड्छौ उति बढ्छ । अवस्था बदलिन हामीलाई पैसा त चाहिन्छ । तर त्यो पैसा र स्रोत कसरी परिचालन गर्ने भन्ने ज्ञान झनै आवश्यक छ ।

यदि निर्बाचितहरुले समाज बदल्ने जुक्ती दिनुपर्ने र वार्षिक रुपमा नीजको कुशल नेतृत्व तथा सक्षमताले समाज रुपान्तरणमा ल्याएको परिवर्तनको समीक्षा गर्ने व्यवस्था भएको भए सायद विद्यमान प्रणालीको लोप्रियता बढ्ने थियो होला । तर हामी जान्ने बुझ्ने भनिएका व्यक्तिले आम नागरिकको जीवनमा वदलाव खोज्दैनौ । यो व्यवस्थामा मैले के पाए भन्ने कुराप्रति बढी केन्द्रित हुने गरेका छौं । विद्यमान अवस्था हुनुमा हाम्रा यस्तै सोंच, मूल्यमान्यता र नेतृत्वहरुले गरेका व्यवहारहरुका उपजहरु हुन । हाम्रो औपचारिक शिक्षाले ज्ञानी व्यक्तिको निर्माण गर्दैछन् वा बौद्धिक अवसरबादीहरु मात्र उत्पादन गर्छन् भन्ने पनि प्रश्न उठ्दै आएका छन् । औपचारिक शिक्षाले जागिरे मानसिकता बोकेका बैद्धिक तथा शिक्षित व्यक्तित्वउत्पादन गर्दै गएको छ ।

सरकारमा नयाँ अनुहार पुग्दाजस्तै कर्मचारीतन्त्रमा नयाँ पुस्ता आउँदा प्रभावकारिता, सेवामा सहजता बढ्ला भन्ने अपेक्षा विपरित व्यवहार प्रकट हुंदै गएका छन् । शिक्षा, पद र व्यवहार बीचको अन्तरसम्बन्ध मेल खाएको पाइँदैन । विद्यालय, कलेज पढ्ने, पास गर्ने, जागिर खाने, पैसा कमाउने सुबिधा उपभोग गर्ने यसैका लागि शिक्षा भन्ने जमात बढ्दै गएको छ । नेपालमा अवसर नदेख्नेहरु जसरी पनि विदेश जाने लक्ष्यमा लागेको पाइन्छ ।

यस्तै कारणहरुले गर्दा पीँधमा रहेर जीवन निर्बाह गर्दै आएका आम नागरिकहरुले व्यवस्था बदलिएको स्वाद लिन पाएका छैनन् । अवको सार्वजनिक शिक्षाले कस्तो नागरिक तयार गर्ने ? राजनीतिक दलले कस्तो कार्यकर्ता तयार गर्ने भन्ने बहसको खाँचो छ । शिक्षक त्यस्तो एक समाज निर्माणको आधार स्तम्भ हुन् जसले कस्तो ब्यक्ति तयार गर्ने भन्ने कुराको निर्धारण गर्छ । पाठ्यक्रममा भएका कुरा सिकाउने एउटा कुरा हो त्यसमा निर्भर हुंदै समाजको विश्लेषण, बिबेचना गर्दै शिक्षकका शैली, ज्ञान, विबेक र क्षमताले विद्यार्थीको मानसपटलमा ठूलो प्रभाव पार्दछ ।

यदि शिक्षकले विद्यालय तहदेखि नै राम्रो व्यक्ति तयार गर्छन भने असल व्यक्तिले देशको नेतृत्व गर्दै असल कार्य गरेर आम समाजलाई फेर्न सक्छ । त्यसैले “शिक्षा विकासको पूर्वाधारको पूर्वाधार हो” भन्ने कुरालाई विद्यालयले प्रमाणित गर्न सक्न पर्छ । असल संस्कारयूक्त शिक्षा पाएको कर्मचारीले अवश्य पनि कुशल रुपमा सेवा प्रबाह गर्ने अपेक्षा गर्न सकिन्छ । भोलिका पुस्ताले कस्ता नेतृत्व र प्रशानबाट शासित हुने भन्ने कुरा हाम्रा शिक्षालयहरुमा भर पर्दछन् । परिवेश आफै फेरिदो रहेनछ । यसका लागि व्यक्तिको मन फेर्नु पर्ने रहेछ । मानिसको मन फेर्न विद्यमान शिक्षा फेरिन आवश्यक छ । शिक्षा र व्यवहारलाई एउटै कसीमा राखेर त्यसको निरन्तर लेखा–जोखा गर्न जरुरी छ । जीवनको दर्शन सुहाउँदो व्यवहार भएन भने यसैगरी व्यवस्था बदलिरहन्छ तर अवस्था वदलिंदैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।