ताजा अपडेट »

सन्दीप र आसिफको उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीमाथि सहज जित

विहीबार, २५ फागुन २०७९, १६ : ५६
10 Shares
विहीबार, २५ फागुन २०७९
10 Shares

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीमाथि सहज जित निकालेको छ । बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो । नेपालले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४७.१ ओभरमा १० विकेट गुमाउँदै २४५ रन मात्रै बनायो । 

पपुवा न्युगिनीका लागि ओपनर टोनी उराले अर्धशतकिय पारी खेले । उनले ४४ बलमा ९ चौकाको मद्दतमा ५० रनको योगदान गरे । नर्मन भानुआले पनि ६० रनकाे अर्धशतकिय पारी खेले । अर्का ओपनर किप्लिन डोरिगाले २६ रन बनाउँदा कप्तान असद वाला ४२ रनमा क्याच आउट भए । यस्तै, सेसे बाउले ३ रन, चार्ल्स अमिनीले १४ रन, हिरि हिरिले ८ रन, अले नाओले २ रन, रिले हेकुरेले २० रन,  सेमो कामियाले ५ रन जोडे । चाड सोपर भने शून्यमै आउट भए । 

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा कुशल मल्लको नाममा एक विकेट रह्यो ।  यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ४९.१ ओभरमा १० विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।