ताजा अपडेट »

शिक्षाको महत्त्व

विहीबार, २५ फागुन २०७९, १३ : ५४
665 Shares
विहीबार, २५ फागुन २०७९
665 Shares

‘शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने(गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो। ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्क्षा वा चाहनाको महत्त्व हो। शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ। शिक्षा विना मानिस ज्ञानले अन्धो नै हुन्छ। शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ।

हरेक विषयका बारेमा जान्ने(बुझ्ने तीव्र इच्क्षा वा चाहना मानिसमा रहको हुन्छ। यस्तो चाहना राख्नु मानवीय स्वभाव नै हो। मानिस जन्मदेखि उसको मृत्यु नहुन्ज्याललसम्म शिक्षा आर्जन गर्ने क्रम लगातार चालू भइ रहन्छ। मानिसले बालकालमा अरूका बोलेर वा कम गरेका अनुकरणबाट शिक्षा आर्जन गर्दछ। उसले स्कूल र क्याम्पस कक्षामा औपचारिक शिक्षा पाउँछ। त्यसपछि पनि उसको शिक्षा आर्जन गर्ने कार्यचाँहि पुरा भइसकेको हुँदैन। अर्कातिर प्रकृति जगत नै मानिसको सबभन्दा ठूलो शिक्षालय वा पाठशाला हो। नदि, पहाड, वृक्ष आधि वनस्पति अनि चराचुरुंगी, किराफट्यांग्रा अधि जीवहरूको जीवनलाई शिक्षाको मुहान मान्न सकिन्छ। “अध्ययनमा बस गए सब तत्त्व खुल्छन्’ भनेर हाम्रा महाकवि देवकोटाले पनि प्रकृति नै ज्ञानको मुहान ह भन्ने विचार अघि सारेका छन्।

मानिसले शिक्षा आर्जन गर्ने थु स्कूल, क्याम्पस आदि हुन्। यीनै ठाउँमा विद्यार्थी व्यक्ति को ज्ञान रूपी आँखा खुल्दछ। ज्ञान आर्जन गरिसकेपछि व्यक्तिभित्रको अज्ञानहरूकी अन्धकार फाट्दै वा हराउँदै जान्छ अनि मानिस मूर्ख नभई ज्ञानी हुन्छ। आजको युगमा अशिक्षित मानिसले खुब दुख पाउँछ। अशिक्षित मानिसले पशुको जस्तै नारकीय जीवनको भोग्नुपर्ने हुन्छ। त्यसै गरी शिक्षित मानिसको दिमागमा अन्धविश्वास पनि जरा गाडेको हुन्छ। अन्धविश्वासमा अल्झेका मानिसको उन्नति हुन्। सक्दैन। कुनै पनि मानिसको विकासमा शिक्षा नै सहायक भएकोले पनि यसको महत्त्व स्वतः सिद्ध हुन्छ।

नारी र पुरुष दुवै शिक्षित भए भने मात्र समाज वा राष्ट्रको उन्नति हुन् सक्छ । नारीले पनि पुरुष सरह पढ्न पाउनुपर्ने कुरामा सबैले जोड दिनु अति आवश्यक छ। अझै पनि हाम्रो देशका कतिपय ठाउँमा छोरीहरूलाई पढाउने गरिँदैन। यसरी छोराहरू मात्र शिक्षित भई ठाउँमा छोरीहरू शिक्षित भएनन् भने शिक्षाको उनी अर्थ रहँदैन। नारीहरू अशिक्षित हुँदा समाज र राष्ट्रको विकास पुरा नभई अधुरो रहन्छ। त्यसै गरी आज शिक्षामा ब्यापारीकरण भइरहेको छ। शिक्षालाई व्यापारको मध्यम बनाई करोडौँ रुपैयाँ कमाउनका लागि आज धेरै संख्यामा नाजीस्तरका विद्यालयहरू खुलिरहेका छन्। शिक्षा आर्जन गर्ने कुरा होस यो किनबेच गर्ने कुरा होइन ।

छिमेकी मुलुकबाट शैक्षिक प्रमाणपत्र किनेर ल्याई आफूलाई शिक्षित मान्ने महामूर्खहरू पनि हाम्रो समाजमा नभएका होइनन्। प्रमाणपत्र बटुल्न कार्य मात्र शिक्षित हुनु होइन। यस्तो शिक्षाले कुनै पनि नागरिकलाई फाइदा पुर्याउँदैन। हामीले सकेसम्म गुण स्तरीय शिक्षामा जोड दिनु पर्दछ। मुलुकको माटो सुहाउँदै वैज्ञानिक, रोजगार मूलक, व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो ट्यांकरो रूपमा देखा परको छ। यस्तो शिक्षा दिन सकेका खण्डमा नै व्यक्ति जति र राष्ट्रको उन्नति हुन् सक्दछ अनि यसबाट शिक्षाको महत्त्व पनि झल्किन्छ।

शिक्षा मानव जतिको आभूषण वा गहना हो। यसले समाजमा मानिसको इज्जत र मन प्रतिष्ठा बढाउँछ। शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छ। मानिसलाई शिक्षाले आमाले दिने जस्तो सुख पनि कम छैन। यसले मानिसलाई दरो बनाइदिन्छ। त्यसैले शिक्षा वा विद्या कुनैपनि व्यक्ति अनमोल सम्पति हो। यो छोरी नहुने र हराएर नजाने भएकोले पनि यसको महत्त्व बढेको हो। पढे लेखेको व्यक्तिले कहिले पनि दुख पाउँदैन भन्ने कुरा पनि ठीक छ। अर्कातिर विद्या नभएको मानिस पशु सरह हुन्छ र यसले समाजमा मान पनि पाउँदैन। अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भए पनि उसले भित्रि मनका सुख प्राप्त गर्न सक्दैन।

आजको युगमा अशिक्षित मानिसले केहीपनि गर्न सक्दैन अनि अशिक्षित नागरिकहरुबाट कुनै पनि राष्ट्रले उन्नति गर्न सक्दैन। शिक्षा नै हरेक किसिमका उन्नतिको मुहान भएकोले यसैबाट व्यक्ति,समाज,राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ। आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो। यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ। शिक्षाले नै व्यक्ति, जति र राष्ट्रको उन्नतिमा ठूलो टेवा पुर्याउन भएकोले यसको महत्त्व सबैभन्दा माथि छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।