ताजा अपडेट »

भारतीय नम्बर प्लेटको कारकाे ठक्करबाट बालिकाकाे मृत्यु

मंगलबार, २३ फागुन २०७९, ११ : ४१
8 Shares
मंगलबार, २३ फागुन २०७९
8 Shares

सर्लाही । सर्लाहीको बलरा नगरपालिका-२ मा  कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी प्रहरीले जनाएकाे छ । 

भारतिय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हाे । ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।