ताजा अपडेट »

सार्कीको ब्याटिङ र ऐरीको बलिङमा यूएईमाथि नेपालको शानदार जित

सोमबार, २२ फागुन २०७९, १९ : ०२
34 Shares
सोमबार, २२ फागुन २०७९
34 Shares

काठमाडौं । नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ । आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो ।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको हो । दबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईलाई ४२ रनले पराजित गरेसँगै नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ ।

एकसमय यूएईलाई जितका लागि ५७ बलमा ५४ रन चाहिएको अवस्थामा यूएईका लागि संयमित इनिङ खेलेका ओपनर आसिफ खान र कार्तीक मियाप्पनलाई लाई आउट गर्दै दीपेन्द्रले लगातार विकेट लिएपछि नेपाल जिततर्फ बढेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।