ताजा अपडेट »

बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते

सोमबार, २२ फागुन २०७९, १४ : ४१
32 Shares
सोमबार, २२ फागुन २०७९
32 Shares

कराँची। पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ । क्वेटा–सिबी राजमार्गको कम्बरी पुल नजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो ।सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महमूद नोतेजाईले बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।