ताजा अपडेट »

यूएईसँग भोलि हुने खेलमा ओपनिङ ब्याट्सम्यान कुशल सहभागी नहुने

आइतबार, २१ फागुन २०७९, ०९ : २९
32 Shares
आइतबार, २१ फागुन २०७९
32 Shares

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले सोमबार युएईविरुद्ध हुने खेल गुमाउने भएका छन्। ग्रोइङको समस्याका कारण भुर्तेलले खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

नेपालको १४ जनाको राष्ट्रिय टिममा अब मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोरालाई स्थान दिइएको छ। भुर्तेलले पछिल्ला ५ खेलमा अपेक्षाकृत खेल्न सकेका छैनन्। पपुवा न्युगिनी (पिएनजी) विरुद्ध ५६ रन प्रहार गरेका भुर्तेल बाँकी चार खेलमा दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। 

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ। सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यसअघिका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गर्दा युएईविरुद्धको पहिलो खेलमा भने हार बेहोरेको थियो।

यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। 

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई ३० खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा छ। 

छैटौं स्थानको नेपालको ३१ खेलबाट ३० अंक जोडेको छ। पुछारको ‍पिएनजीको ३१ खेलबाट ७ अंक छ। अब नेपालले लिग-२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका ५ खेलबाट जित हात पार्नु पर्दा एकदिवसीय मान्यता जोगाउन ३ खेलमा जित निकाल्नु पर्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।