बुटवल । प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एक एक पदका लागि फरक फरक गठबन्धन बनाउने प्रवृत्तिले देश संकटमा गएकाे बताएका छन् । शनिबार तिलाेत्तमा वाड नम्बर ७ मा नेकपा एमालेकाे पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत वडा स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद विश्वकर्मा एकअर्काप्रतिकाे धारणा बुझ्न र प्रष्ट पार्नका लागि मिसन ग्रासरूट अभियान चलाइएकाे बताए ।
उनले पार्टी हितलाई ध्यानमा राखेर चलाइएकाे अभियानलाई एकतावद्ध भएर सफल बनाउन आग्रह गरे । यस्ता अभियानले तल्लाे तहसँग माथिल्लो तहका नेता कार्यकर्ता नजिक भएर सबै कुरा बुझ्न सहज हुने बताउनुभयाे । समाजका हरेक कुरामा ध्यान दिनुपर्ने भन्दै त्यसलाई रचनात्मक बनाउनेतर्फ जाेड दिन आग्रह गरे। हरेक कुरामा सफल हुन साना साना कुरामा ध्यान दिन आवश्यक रहेकाे बताए । प्रदेश कमिटी सदस्य तेज प्रसाद सेञ्चुरी बिगतका कामकाे समीक्षा गर्नु पर्ने बताए ।
जिल्ला कमिटी उपाध्यक्ष जागेश्वर देवी चाैधरीले नेकपा एमालेकाे विचार र सिद्धान्त राम्रो भएकाे बताउँदै यशले राम्रा काम गरेकाे बताए । उनले पार्टीलाई शुद्ध र बिस्तार गर्न प्रशिक्षित गर्नु जरूरी रहेकाे बताए । उनले पार्टीमा सबै तह र तप्कामा रहनेहरू अनुशासनमा रहनुपर्ने भन्दै जनप्रतिनिधिले पार्टीसँग समन्वय गरेर काम गर्नुपर्ने बताए । पार्टीलाई मजबुत बनाउन नजिकैबाट प्रत्येक नागरिकसँग पुग्न जरूरी रहेकाे बताए।
जिल्ला कमिटी सचिव यज्ञ गैह्रेले याे अभियान भनेकाे ससाना कमीकमजोरी पत्ता लगाई त्याे सुधारेर अगाडि बढ्ने अभियान भएकाे बताए । समयकाे परिवर्तनसँगै अब तल्लाे तहबाटै सबै क्रियाशील हुन आग्रह गरे । जिल्ला कमिटी सचिवालय सदस्य जमुना लम्सालले मूल उदेश्य एकआपसमा मिलेर एक ढिक्का भएर पार्टीलाई बलियाे बनाउनुपर्ने बताए । पार्टी नविकरण अनिवार्य गर्नुपर्ने भन्दै जाेस जाँगरमा कमी भएकाेले देशव्यापी रूपमा मिसन ग्रासरूट सञ्चालन गर्नुपरेकाे बताए ।
जिल्ला कमिटी सचिवालय सदस्य राजेन्द्र ढकालले पार्टी कमिटी र सदस्यकाे भूमिका के हाे भनेर बुझ्न नसक्दा पार्टी कमजाेर भएकाे बताउनुभयाे । पहिले आफ्नै घरमा बैठक बस्नु जरूरी रहेकाे बताउँदै आफूबिचका मनमुटाव हटाई सच्चिएर एक्यवद्धता कायम गर्न आग्रह गरे । उनले अथाह जाेस जाँगर भएका युवाहरूलाई संगठित गर्दै उत्पादन र राेजगारसँग युवालाई जाेड्नुपर्ने बताए।
नगरकमिटी अध्यक्ष तामनाथ पाण्डेले भएका कमी कमजाेरीलाई अाैँल्याएर अगाडि बढ्नुपर्ने बताए । दीर्घकालीन रूपमा जनताकाे साथमा छाैँ भन्दै सबैले एक आपसका मनमुटाव हटाई आफ्नाे जिम्मेवारी सम्झेर लागि पर्न जरूरी रहेकाे बताए ।कार्यक्रममा सहभागीहरूले संख्याकाे रूपमा मात्रै नभएर पार्टीमा अपनत्व हुनुपर्ने बताएका छन् । उनीहरूले चुनावकाे समयका मात्रै नभएर अन्य समयमा पनि नेताहरू नागरिककाे नजिक हुनुपर्ने बताए । तल्लाे तहमा भन्दा माथिल्लो तहका नेताहरू आफै सच्चिनुपर्ने , नागरिकका हरेक समस्यााहरूकाे पहिचान गर्नुपर्नुमा जाेड दिएका हुन् ।
७ नम्बर वडा कमिटी उपाध्यक्ष केशब सुवेदीले स्वागत गर्दै आ-आफ्नो ठाउँबाट सबैजना लाग्नुपर्नेमा जाेड दिए।वडा कमिटी अध्यक्ष हेमराज पाैडेलकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन वाड कमिटी सचिव शेषकान्त भण्डारीले गरेका थिए ।
प्रतिक्रिया