ताजा अपडेट »

पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै

शनिबार, २० फागुन २०७९, १४ : २३
29 Shares
शनिबार, २० फागुन २०७९
29 Shares

काठमाडौ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८.४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ। 

बिहीबार अमेरिकी डलर २८५.०९ रुपैयाँमा कारोबार बन्द भएको थियो । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको भाउ ६।६३ रुपैयाँ अर्थात २.३८ प्रतिशतले बढेको छ ।

सिन्ह्वासँग कुरा गर्दै पाकिस्तानी वाणिज्य बैंक सिल्क बैंकका ट्रेजरी प्रमुख रेहान अतीकले अघिल्लो सत्रमा ग्रीनब्याकको मूल्यमा भएको व्यापक वृद्धिले निर्यातकर्ताहरूलाई आफ्नो डलर बजारमा बेच्न प्रोत्साहित गरेको र त्यस कदमबाट स्थानीय मुद्रामा सुधार आएको हो ।  

पाकिस्तानको विदेशी मुद्रा संघका प्रमुख मलिक बोस्तानका अनुसार बजारमा देकिएको अस्थिर प्रवृत्तिको मुख्य कारण पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कार्यक्रमको वरिपरि बढ्दै गएको अनिश्चितता नै हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।