ताजा अपडेट »

सभामुखले मिडियामाथि गुनासो गर्दै भने: मिडियाहरु चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए

शुक्रबार, १९ फागुन २०७९, १३ : ४२
52 Shares
शुक्रबार, १९ फागुन २०७९
52 Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमले चर्चित नेता र चर्चाको विषयमात्रै समेटेको गुनासो गरेका छन् । आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा उनले सञ्चारमाध्यमले संसद्का विषयवस्तुलाई महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र चर्चित विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको बताएका हुन् ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने बताएका छन्। “अहिले संसदमा खास नेताहरु बोल्ने दिन छ भने मिडियाहरुको उपस्थिति देखिन्छ। नभए करिब शून्य हुन्छ। तर सक्रियता कम छ। महिलाहरुको सहभागिता कम छ। महिलाहरुको सहभागिता र सक्रियता बढाउनका लागि हामी काम गर्नेछौँ। अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु”, उनले भने ।

महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा संसद् सचिवालयसँग छलफल गर्ने तयारी गरिएको उनले बताए। उनले संसद् र अन्य सङ्घसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमहरुले त्यसअनुसार प्रचारप्रसार नगरेको बताएका छन् । उनले आफू सभामुख भइसकेपछि संसद् बैठकमा महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता देखाए पनि सञ्चारमाध्यमहरुले प्रचार गर्न कन्जुस्याइँ गरेको बताए। साथै, उनले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।