बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक पहिचानले परिचित लुम्बिनी प्रदेशको जनसङख्या जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ५१ लाख २४ हजार २२५ रहेको छ । जसमा महिला पुरुषको लैङ्गिक अनुपात ९२।१५ रहेको छ । सबै प्रदेशको तुलनामा यो प्रदेशको जनसङख्या वृद्धिदर धेरै छ । देशको १७.५५ प्रतिशत जनसङख्या यस प्रदेशमा बसोबास गरिरहेको छ । मुलुकको आर्थिक गतिविधिमा यस प्रदेशको स्थान तेस्रो नम्बरमा रहेता पनि यहाँ रहेको प्राकृतीक सम्पदा तथा मानविय संसाधनको समुचित प्रयोग गरिएमा यो प्रदेश देशको प्रमुख आर्थिक केन्द्र बन्ने स्पष्ट आधारहरु रहेका छन् ।
विश्व शान्किो मुहान लुम्बिनी देखी १० वर्षे सशस्त्र द्धन्द्धको सुरुवात गराउने स्थलहरु यो प्रदेशमा रहेको छ । जसले विश्वका दुई प्रवृतीका मानिसहरुलाई आर्कषित गरिरहेका छन् । जसले नेपालको पर्यटन उद्योग क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । यस प्रदेशमा नेपालमा पाईने सबै प्रकारको मौसम हावापानी तथा भौगोलिक परिस्थिती उपलब्ध रहेको छ । अन्नको भण्डार तराई मधेसका फाँटदेखि पर्यटकलाई मनै लोभ्याउने उच्च पहाड तथा हिमालय सम्म फैलिएको पुथा हिउँचुली यसै प्रदेशमा रहेको छ । प्रयाप्त मात्रामा प्राविधिक जनशक्तिको कमिका कारणले यस प्रदेशले आत्मनिर्भताका लागि आर्थिक गतिविधि सञ्चालन गर्न सकिरहेको छ्र्रैन ।
यसै बिच देशको शैक्षिक उन्यनमा महत्पूर्ण योगदान पुराउने जनशक्ति उत्पादनका लागि दुई वटा विश्वविद्यालयहरु यसै प्रदेशबाट सञ्चालनमा आएका छन् । माध्यमिक तहको शिक्षा प्रदानका लागि ५ लाख ९५ हजार ३०३ विद्यालयहरु सञ्चालनमा आएका छन् । यस प्रदेशको मुख्य आम्दानीको स्रोतमा सवारी साधन सँग सम्बन्धित कर हो । किनकी यहाँ १ लाख ९२ हजार ३९० सवारी साधनहरु दर्तामा रहेका छन् । सशस्त्र द्वन्द्वको उद्मग स्थल यो प्रदेशले पिडा अनुसारको कुनै पनि क्षतिपूर्ती प्राप्त गरि समानताको अभियानलाई पूर्णता दिन सकिरहेको छैन् । नेपालको संविधान २०७२ ले देशको आर्थिक मोडल समाजवादी हुने बताएको भएता पनि संघीय सरकारले समयमा ऐन कानुन निर्माण तथा व्यस्थापन नगरि दिदाँ प्रादेशिक अर्थप्रणालीमा व्यवहारिक चुनौतीहरु बिस्तार हुदै गएका छन् ।
संघीयताको सफल अभ्यासका लागि आवश्यक पर्ने बैंक तथा वित्तिय संस्थाहरुको राम्रै उपस्थिती यस प्रदेशमा रहेको छ अथात् विभिन्न बैंकहरुका २ अजार १८६ वटा शाखाहरु यस प्रदेशमा सञ्चालनमा आएका छन् । ती शाखाहरुले स्वाधीन अर्थतन्त्रको आधार राष्ट्रिय पुँजी निर्माणमा विस्तार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका छन् । सामाजिक आर्थिक पूर्वाधार विकासको आधार भनेकै सडक सञ्जालको विकास र विस्तार हो जुन कुरामा यो प्रदेश अन्य प्रदेशको तुलनामा निकै नै अगाडी रहेकोछ । देशका अन्य प्रदेशहरुमा आन्तरिक तथा बाह्य मुलुकबाट औद्योगिक लगानी घटिरहेको समयमा यो प्रदेशमा वार्षिक २ प्रतिशतका दरले बढ्नुले पनि प्रदेश छिटै आत्मनिर्भर हुने कुरामा आत्मविश्वास बढाएको छ ।
जनसाङिख्यकी हिशाबले हेर्दा यो प्रदेशको सक्रिय जनसङख्या अन्य प्रदेशको तुलनामा धेरै रहेको छ । बिडम्बना वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको २१ प्रतिशत हिस्सा यसै प्रदेशले ओगटेको छ । कुल १०९ वटा स्थानीय तह रहेको यस प्रदेशमा २०७८ सालको जनगणना ३० वटाको जनसङख्या वृद्धि ऋणात्मक रहेको छ भने रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वृद्धिदर देशकै प्रथम रहेको छ । यद्धपी लुम्बिनी प्रदेशको आम्दानी भने ११०३ अमेरिकी डलर पुगेको छ । जसमा वैदेशिक रोजगारीको पनि अप्रत्यक्ष योगदान रहेको छ । लुम्बिनी प्रदेशमा पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रसस्त सम्भावना रहेको छ । किनकी लुम्बिनी प्रदेश सँग ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनका लागि ठूलो सम्भावना राखेका पौराणिक कथनमा आधारित पाण्डवहरूको स्वर्गद्वारीको यात्रा, पतञ्जली ऋषिको ऐरावतीमा साधना, गुल्मीकोे रिडीमा रुरुकन्याको पौराणिक किंवदन्ती, जुँगा भएका बागेश्वरी नेपालगन्जका महादेव , पाल्पा भैरहव लगायतका रोचक प्रसंगले प्रदेशको पौराणिक महत्त्वलाई दर्शाउँछ ।
मानवको जैविकिय विकासको ईतिहास प्रमाणित गर्ने रामापिथेकसको अवशेष २५०० वर्ष पुरानो सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी, तिलौराकोट दरबार, कुदान , नेपाल एकीकरण पहिलेका थारू राजा दंगीशरणको राज्य दाङ, जितगढी किल्ला , मणिमुकुन्द सेनको दरबारको अर्ध संरचना , रामग्राम , देवदह, अर्घाखाचीको सुपा देउराली मन्दिर, बल्कोट पौवा , पाणीनी तपोभुमी , पाल्पा दरबार ,रानीमहल, पाल्पाली ढाका तथा करुवा , खस्यौली नुवाकोट पदमार्ग, अर्घा भगवती, आदि प्रसिद्ध ठाउँहरुले यस प्रदेशको समृद्धिमा पर्यटन उद्योग पहिलो पिलर हुने कुरालाई संकेत गरिरहेका छन् । लुम्बिनी प्रदेश विशेषगरि बौद्ध तथा हिन्दु धर्मालम्बिका लागि धार्मिक पर्यटनको हब बन्ने सम्भावना छ । यसलाई पूर्णता दिनका लागि भैरहवा अन्र्तराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनु आवश्यक छ ।
लुम्बिनी प्रदेश औद्योगि उत्पादनका क्षेत्रमा विशेष गरि सिमेन्ट उद्योगमा राम्रो प्रगती गर्ने सम्भावना रहेको छ । दाङ, प्यूठान, रोल्पा अर्घाखाँची, गुल्मी, पाल्पा लगायतका पहाडी भू—भागमा सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगा लगायतका कच्चाँ प्रदार्थको ठूलो भण्डार रहेको कुरा प्राविधिक अध्ययनले समेत प्रमाणित गरेको छ । पर्यावरणीय सन्तुलनमा प्रतिकुल प्रभाव नपर्ने खालका आधुनिक प्रविधिको प्रयोय गरि लुम्बिनी प्रदेशले सिमेन्ट उद्योगलाई प्रमुख प्राथमिकताको उद्योगमा राखेर उत्पादन कार्यलाई सञ्चालन गरेमा बाह्य मुद्रा आर्जन समेत गर्ने अवसर रहेको छ । रुपन्देही, दाङ्ग तथा बाँके सिमेन्ट उद्योग सञ्चालनका लागि पकेट क्षेत्र घोषण गरि सिमेन्ट उत्पादन कार्य सञ्चालन गर्ने कुरामा प्रदेश सरकार पूर्ण प्रतिबद्ध हुनु आवश्यक छ ।
तराईका ६ , पहाडी ६ जिल्ला समेटिएर बनेको यस प्रदेशको ५४ प्रतिशत भुगोल तराई रहेको छ । यसलाई आधुनिक भूमी व्यवस्थापन गरि कृषि क्षेत्रलाई प्रदेशको समृद्धिको दोस्रो आधार मानेर अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन योजना निर्माण गरि अगाडि बढ्नु पर्दछ । जसका लागि प्रादेशिक विश्वविद्यालयको पाठ्यक्रममा यो क्षेत्र प्राथमिकतामा पर्न चुक्नु हुदैन् । यसका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य, समन्वय गरी युवा श्रमशक्तिलाई उद्यमशिलताको ज्ञान , सीप विकास गर्न जरुरी छ । विद्यालयस्तरको शिक्षाको पाठ्यक्रममा आवशयक परिवर्तन गरी स्थानीय साधन र स्रोतको समुचित उपयोगमार्फत उद्यमी बन्न सक्ने ज्ञान दिलाउन प्रदेश सरकारले पहल गर्नु युग सापेक्ष हुनेछ । उत्पादनमूलक सीप, प्रविधिमा पहुँच स्थापित गरि युवाको उद्यमशीलता र सिर्जनशीलता अधिकतम परिचालन गराउनुपर्छ । यसका लागि लुम्बिनी प्रदेशको वर्तमान नेतृत्व सक्षम रहेको पाईन्छ ।
प्रतिक्रिया