ताजा अपडेट »

माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले

विहीबार, १८ फागुन २०७९, ११ : ५७
14 Shares
विहीबार, १८ फागुन २०७९
14 Shares

काठमाडौं। राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन् ।  नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन् । राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।