ताजा अपडेट »

एन्फाको बैठकमा विवाद : हात हालाहालको स्थितीमा टेबल ठोक्दा सिसानै फुट्यो

बुधबार, १७ फागुन २०७९, १२ : ५७
37 Shares
बुधबार, १७ फागुन २०७९
37 Shares

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकमा चर्को विवाद भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको बैठकमा सहभागी एक सदस्यले बताए । त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । तर अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरे । कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको बताएका थिए ।

तर असन्तुष्ट पक्ष सहमत भएनन् । त्यसक्रममा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दावा लामा लगायतका बीचमा भनाभन भएको थियो । एक जनाले टेबल ठोक्दा सिसा नै फुटेको छ । झण्डै हात हालाहालको अवस्था सिर्जना भएको एक सदस्यले बताए ।

आफूहरुको मागअनुसार महासचिव र कोषाध्यक्षको बर्खास्तीलाई बैठकको एजेण्डा नबनाएर अध्यक्षले एकलौटी गरेको उपाध्यक्ष दिर्घबहादुर केसीले गुनासो गरे । उपाध्यक्ष केसीसहित १० जनाले असहमती जनाउँदै उपस्थितिमा हस्ताक्षर गरेका छैनन् । असन्तुष्ट १२ जनामध्ये मनिष जोशी देश बाहिर छन् भने सरिला श्रेष्ठ संस्थापनतिर उभिएकी छन् । बैठकमा उपस्थितमध्ये १०१० जना बाँडिएका छन् ।

असन्तुष्ट पक्षको बैठकले अध्यक्ष अल्पमतमा परेको भन्दै बैठकको बैधानिकतामै प्रश्न उठाएका छन् । संस्थापन पक्षले भने अध्यक्ष नेम्वाङसहित १० जनाको सहमति भएको भन्दै बैठक चलाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।