ताजा अपडेट »

सन्दीप र अर्जुन फ्रेन्चाइज क्रिकेट 'दी हन्ड्रेड'को ड्राफ्टमा

बुधबार, १७ फागुन २०७९, ०९ : ५५
48 Shares
बुधबार, १७ फागुन २०७९
48 Shares

काठमाण्डौं । नेपालका क्रिकेटर सन्दीप लामिछाने र अर्जुन साउद इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने फ्रेन्चाइज क्रिकेट दी हन्ड्रेडको ड्राफ्टमा समावेश भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि सार्वजिनक ड्राफ्ट लिस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद परेका हुन् ।

सन्दीप यसअघि पनि हन्ड्रेड क्रिकेटका लागि छनोट भइसकेका थिए । तर भिसा प्रक्रिया नमिल्दा उनले खेल्न पाएका थिएनन् । अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा परेका हुन् । प्रतियोगिता खेल्नका लागि ड्राफ्टबाट छनोट हुनुपर्नेछ । सार्वजनिक ड्राफ्ट सूचीमा सन्दीप र अर्जुनसहित कुल ३६८ खेलाडी छन् । खेलाडी ड्राफ्ट यह मार्च २३ मा आयोजना हुनेछ । तेस्रो संस्करणको हन्ड्रेड क्रिकेट अगस्ट १ बाट सुरु हुँदैछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।