ताजा अपडेट »

यू-१९ क्रिकेटमा नेपालको शानदार प्रदर्शन : मलेसिया ७२ रनमै अलआउट भएपछि झिनो लक्ष्य प्राप्त

मंगलबार, १६ फागुन २०७९, १३ : १५
38 Shares
मंगलबार, १६ फागुन २०७९
38 Shares

बुटवल । आइसिसी यू–१९ विश्वकप एसिया कप छनोट जारी प्रतियोगितामा नेपालले मँगलबारको खेलमा पनि शानदार प्रदर्शन गरेको छ । बायाँ हाते स्पिनर दीपेश कँडेलको घातक बलिङसँगै मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ ।

मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५ दशमलव ३ ओभरमा ७२ रनमा अल आउट भयो । नेपाली बलिङ सामु मलेसियाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रनमा क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए ।

तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर मिलन बोहराको बलमा एज लागेर अर्का ओपनर मोहम्मद हर्सन १२ रनमा बोल्ड आउट भए । उनले २४ बल खेल्दै २ चौका प्रहार गरे । मोहम्मद आलिफ शमासुल बहरिन २८ बल खेल्दै ४ रनमा दीपेश कँडेलबाट कट एड बोल्डको शिकार बने । दीपेशले नै सिद्धार्थ निलकण्ठनलाई ३ रनमा स्टम्पिङ आउट गराए ।

मिलनले शिवनाराण राहुललाई १ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै अजरी अजर जामानलाई विकेटकिपर उत्तम थापामगरबाट पाँच रनमा क्याच गराए । अन्तिम दुई विकेट आकाश चन्दले लिएका थिए । दीपेशले १० ओभरमा ४ मेडनसहित ५३ बल डट राख्दै ११ रन खर्चेर ४ विकेट लिए । मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ४.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।