बुटवल । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा परराष्ट्रमन्त्री बिमला राई पौडेललाई रोक लगाएको घटनाप्रति इन्सेकको ध्यानाकर्षण भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को फागुन १५ गतेदेखि चैत १३ गतेसम्म स्वीजरल्याण्डको जेनेभामाहुने ५२ औँ सत्रमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्वगर्दै त्यसतर्फ जान लागेकी परराष्ट्रमन्त्री बिमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोक लगाएको घटनाप्रतिइन्सेकले ध्यानाकर्षणभएको जनाएको छ ।
इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालद्वारा फागुन १५ गते जारी विज्ञप्तिमा आफ्नै नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय विपरीत अन्तिम क्षणमा भ्रमण रोक्ने प्रधानमन्त्रीको कार्यले विश्व मानवअधिकार समुदायलाई सशङ्कित तुल्याउने खतरा बढेको उल्लेख छ । ‘राष्ट्रियमानवअधिकार संस्थाको विश्वव्यापी सञ्जाल (ग्लोबल एलाइन्स अफ नेश्नल हुमन राइट इन्सिच्युइएसन)ले राष्ट्रिय मानवअधिकार आयोगको श्रेणी घटुवा गर्न सिफारिस गरेको सन्दर्भमा मानवअधिकार सम्बन्धी उच्चस्तरीय छलफलमा नेपालको उदासीनता देखिने गरी प्रधानमन्त्रीले यस्तो हस्तक्षेप गर्नु अनुचित हो ।’–विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल मानव अधिकार परिषद्को निर्वाचित सदस्य समेत रहेकाले बैठकमा नेपाल सरकारको आधिकारिक उच्चस्तरीय सहभागिता आवश्यक रहेको पनि इन्सेकले औँल्याएको छ । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घन र ज्यादतीको निरूपण नभएको, पीडितले अझै न्याय र परिपूरणको अनुभव गर्न नसकेको अनि सङ्क्रमणकालीन न्यायको प्रकृया पूरा नभएको सन्दर्भमा यसप्रकारका घटनाबाट मानव अधिकारको विश्वव्यापी मञ्चको बेवास्ता गरिएको अर्थ लाग्न सक्छ ।’–जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया