काठमाण्डौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका थिए ।
एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
प्रतिक्रिया