ताजा अपडेट »

गत वर्ष 'फागुन १५' मा जेल पुगेका कलाकार पल शाह यो वर्षको 'फागुन १५' मा रिहा

सोमबार, १५ फागुन २०७९, १२ : ०६
55 Shares
सोमबार, १५ फागुन २०७९
55 Shares

काठमाण्डौं । कलाकार पल शाह एक वर्षपछि जेलमुक्त भएका छन् । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।

बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो । उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरिरहेका छन् ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।