ताजा अपडेट »

उच्च अदालत आदेशसँगै कलाकार पल शाह जेलमुत्त हुदैँ

आइतबार, १४ फागुन २०७९, १८ : ४७
32 Shares
आइतबार, १४ फागुन २०७९
32 Shares

पोखरा । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ ।  पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश  बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका  थिए । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। 

शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।