ताजा अपडेट »

सत्ता केन्द्रित फोहरी खेलले मुलुक अस्थिरता तर्फ: कमल थापा

आइतबार, १४ फागुन २०७९, १५ : ५१
42 Shares
आइतबार, १४ फागुन २०७९
42 Shares

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताएका छन् ।

‘चुनाव अघि एउटा गठबन्धन , चुनाव पछि अर्को गठबन्धन , दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ ?’ भनी प्रश्न गर्दै  जनतामा बितृष्णा मात्र नभई दल र नेताहरु प्रती घृणा उत्पन्न भएको समेत थापाले बताए । 

काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको थापाको टिप्पणी थियो । 

राप्रपा नेपाल प्रती सकारात्मक धारणाको बिकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशबराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रम बारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।