ताजा अपडेट »

देवदह बोर्डिङको शुक्रबार मुल समारोहसाथ रजत महोत्सव

विहीबार, ११ फागुन २०७९, १९ : ०७
104 Shares
विहीबार, ११ फागुन २०७९
104 Shares

बुटवल । रुपन्देहीको देवदहमा स्थापित देवदह इङलिस बोर्डिङ स्कूलले आफ्नो स्थपनाको २९ वर्ष अर्थात रजत महोत्सवको अवसरमा बिहीबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ ।

विभिन्न सप्ताहब्यापि कार्यक्रम गरेर रजत महोत्सव मनाउँदै गरेको विद्यालयले बिहीबार शैक्षिक, खेलकुद तथा अतिरिक्त कृयाकलापका विद्यार्थी पुरस्कार वितरण, अभिभावक सम्मान तथा विद्यार्थीहरुको प्रतिभा प्रदर्शन कार्यक्रम गरेको हो । शुक्रबार भब्य रुपमा रजत महोत्सव मनाउन लागेको देवदह बोर्डिङले गएको सातादेखि विभिन्न सामाजिक, रचनात्मक तथा सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरु गर्दै आएको छ ।

बिहीबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख धुर्वप्रसाद खरेलले संस्थागत विद्यालयले स्थानीयसँगै राष्ट्रिय स्तरमा ठुलो जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले स्थानीय तहबाटै सामुदायिक र संस्थागत विद्यालयहरुलाई सँगसँगै लैजाने कार्यक्रमको योजनामा नगरपालिका रहेको बताए । उनले संस्थागत विद्यालयले रजत महोत्सव मनाई रहँदा हजारौ विद्यार्थी दीक्षित बनाउन ठूलो योगदान देवदह बोर्डिङ्गको पनि रहेको भन्दै प्रसंशा गरे ।

विद्यालयका वरिष्ठ सहायक प्राचार्य मनबहादुर क्षेत्रीको संचालनमा भएको कार्यक्रममा स्वर्णिम सगरमाथा कलेज ब्यवस्थापन समितिका अध्यक्ष ऋषि साफकोटा, देवदह आदर्श क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, विदालय ब्यवस्थापन समिति नर बहादुर गुरुङ, यज्ञप्रसाद तिवारी, नागरिक समाजका रमेश पोखरेल, अभिभावक कमल थापा, माधव आचार्य लगायतले आआफ्ना भनाई राखेका थिए । एसईईमा ३ दशमलव ६५ भन्दामाथी भन्दाबढी ल्याउने विद्यार्थीलाई बिहीबार सम्मान गरिएको तथा ४ जिपिए ल्याउने विद्यार्थीलाई शुक्रबार हुने रजत महोत्सवमो मूल समारोहमा सम्मान गरिने कार्यक्रम रहेको विद्यालयका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार हुने मूल समारोहको सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले उद्घाटन गर्ने कार्यक्रम रहेको र मूल समारोहमा सांसद आशिसकुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी लगायतको आतिथ्यतामा रहने विद्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।