नेपाली समाज अनपेक्षित रुपमा गलत बाटो तर्फ केन्द्रित हुँदै छ । यसलाई रोक्न कुनै प्रयत्न भएको पनि देखिदैँन । खास गरी यो राष्ट्रभित्रका जिम्मेवार र योग्य नागरिकले क्रान्तिको महत्व बुझेका छैन् । नेपाल एउटा सम्भावनाको खानी भएको मुलुक हो यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक र आर्थिक श्रोत साधनका दृष्टिकोणले अर्थव्यवस्थामा उल्लेख्नीय सुधार हुन सक्दछ । तर क्रान्तिका लागि तम्तयार लागी तमतयार न त राज्यका अंग देखिन्छन न त यहाँका बुज्रुक वर्ग नै । हुन त क्रान्तिको सैद्धान्तिक र वैचारिक अर्थमा संकुचन भएर पनि हुन सक्छ । मानविय मनोविज्ञानलाई विकाशको मानक मान्ने परम्पराको थालनी नै हुन सकेन तसर्थ सबै चिजले सबल र सक्षम मुलुक भएपनि यहाँको मानविय चेतनाको अभावमा समाजको बिकासक्रमा आघात चोट पुगेको छ ।
नेपालका इतिहासिक क्रान्तिहरु खासगरी सत्ता प्राप्तिका लागि मात्र केन्द्रित देखिए । यहाँको चेतना, शिक्षा, कृर्षि, औद्योगिकरण, उत्पादनको सवालमा कुनै क्रान्ति देखा परेन । २००७, २०४६, २०६२/२०६३ को आन्दोलन राजनीतिक रुपान्तणका खातिर मात्र देखियो तर सामाजिक र अर्थव्यवस्थाको परिवर्तनका लागि आन्दोलनले उभार ल्याउन सकेन् । जनजिविका र आमनागरिकका आवश्यकतालाई सम्बोधन हुने ठोस गुरुयोजना विस्तार नै हुन सकेनन् । आन्दोलन वा क्रान्तिले उपलब्धिमुलक नतिजा हासिल गर्नुपर्छ तर नेपाली परिवेशमा राज्यको श्रोतसाधनको उपभोग र दोहनमा उच्च बुज्र्वाहरु, पुँजीपति र सम्पन्न वर्गको हालिमुहाली र रजगज निरन्तर नै कायम रहयो तर मध्यम र न्युन वर्गको जिवनयापनमा सुदृढिकरण हुन सकेन ।
१७८९ को फ्रान्सको राज्यक्रान्तिले सारा युरोप नै क्रान्तिमय भयो। उक्त क्रान्तिले राजनीतिमा मात्र परिर्वतन ल्याएन सामाजिक, आर्थिक र चेतना रुपान्तरणमा ठुलै भुमिका निर्वाह गर्यो । बेलायतको औद्योगिकरणको क्रान्तिले सारा विश्वको ध्यान केन्द्रित गर्यो । युरोप, अमेरिका, एसियाका केही मुलुकमा क्रान्तिको चेतना ठुलै योगदान पुगेको कुरा जगजागर छ । ईटालीमा भएको १४ औं शताब्दीको चेतनाको क्रान्तिले मानवीय चेतनामा महत्वपूर्ण योगदान निर्वाह गर्यो । ब्रिटिस उपनिवेशिकतामा अधिन रहेको अमेरिका समेत अमेरिकी स्वतन्त्रता संग्राम मार्फत १७८६ मा स्वतन्त्र भयो ।
यी तमाम क्रान्तिका कारण स्वीडेन, बेल्जीयम, नर्वे अमेरिका, बलायत, रुस, जर्मनी, फ्रान्स, ईटली जस्ता मुलुक शक्ति र सामथर््य युक्त मुलुक बन्न पुगे । बिना क्रान्ति परिवर्तन असम्भव छ । एसियाली क्षेत्रमा स्वतन्त्रताको आन्दोलन पश्चात जापान, चीन, भारत जस्ता मुलुक संम्पन्नता तर्फ उन्मुख छन । मलेसिया , सिंगापुर, लाओस, फिलिपिन्स जस्ता मुलुकले असाधरण विकाश गरसिकेका छन । १९५० को दशक पछि धेरै राष्ट्रहरुले परिवर्तन का लागि नयाँ कार्ययोजना अगाडी बढाए भने १९९० पछि आमुल परिवर्तनको फल समेत उपभोग गरिरहेका छन । खास गरी यी परिवर्तन को जग शोभियत संघको पतन र जर्मनीको बर्लिन क्रान्तिको प्रभाव मान्न सकिन्छ । केही हदसम्म नेपाली समाजमा समेत प्रभाव भएको महसुश इतिहासका घटनाक्रमले पुष्टि गर्दछ।
नेपालले इतिहास र विश्वघटनाका विषयवस्तु पुनारावलोकन गर्दै चेतना विस्तारको क्रान्तिमा सरिक हुन आवश्यक छ । जसरी फ्रन्सको राज्यक्रान्तिको क्रममा दिदेरो, दाँते, भोल्टाएरजस्ता बौद्धिक व्यक्तिको उल्लेखनीय योगदान रहयो त्यसै गरी नेपालका बौद्धिक, प्राज्ञिक, लेखक, कलाकार, अभियान्ता, साहित्यकार, राजनीतिकर्मी, पत्रकार, पेशाकर्मी आदि एकजुट भई चेतनाको क्रान्तिको लागि एकजुट हुन जरुर छ ।
सत्ताको रजगज भित्र रमाईरहेका तर देशको चिन्तनमा क्रियाशिल नभएका अयोग्य नेतृत्व पङक्ति बिरुद्ध आवाज उठाउन जरुरी छ र भोल्टाएरको भनाईमा मुसाहरुद्वारा शासित हुनुभन्दा एउटा असल सिंहद्वारा शासित हुन उचित हुन्छ । वास्तवमा अहिले परिस्थिती त्यस्तै देखिएको छ । राजनीतिक नेतृत्व, नेता, बौद्धिक, प्राज्ञिक, लेखक, कलाकार, अभियान्ता, साहित्यकार, राजनीतिकर्मी मुसा ठहरिएका छन ।
देश चक्रव्युमा फसिरहेको छ ।
नेतृत्व सत्ताकोरसपानमा रमाईरहेका छन । दुई वर्ष झन्डै चुनावी रणमैदानमा व्यतित भैरहेको छ । मुलुकलाई सहि गतितर्फ लैजाने कार्यक्रम देखिदँैनन् । आर्थिक र सामाजिक अवस्था खलबलिएका छन । बिपन्न र असाय वर्ग अधिकारबाट बन्चित छन । मध्यम परिवार ऋणभारको संकटबाट गुज्ररिहेका छन । उद्योग, व्यवसाय, कलकारखाना धरापमा परेका छन । पहाडको जनघत्व शहर केन्द्रित भई पहाडी क्षेत्र जंगल र बाँझोमा रुपान्तरण भएका छन । १८ वर्षदेखि माथिका युवायुवती देशभित्रबस्न चाहादैनन् । यो अवस्थामा औधोगिक, आर्थिक, कृर्षि, व्यवसाहिक लगायतका क्रान्ति उत्तिनै आवश्यक देखिएका छन ।
देशको समसामुहिक समस्या हलगर्न मोहन बैद्धको शब्दमा गोलमेच सम्मेलन आवश्यक छ । चुनावदेखि सत्ता, सत्तादेखि चुनाव यो अनावश्यक रुपमा मौलाईरहेको पोलिटिकल बिजनेशलाई करेक्सन नगरी स्थिरता कायम हुन सक्दैँन । भ्रष्टचार, असंगती, अत्याचार र अराजकताको बिरुद्धमा नयाँ संर्घष आवशयक देखिन्छ । न्यायपालिक, कार्यपालिका, व्यवस्थपिका लथालिङ्ग भएको अवस्थामा समाज ब्युतिन सकेन भने यो राष्ट्र र मातृभुमिले धिकार्ने छ । उत्पादनशिल क्षेत्रमा राज्यको उपस्थिती हुनुपर्ने हो, श्रोत साधनको उपभोग नीति लागु हुनु पर्ने हो राज्य आयातमा झुम्मिरहेको छ । राज्यको ऐउटै व्यापार अनकुल देखिन्छ, वैैदेशिक क्षेत्रमा युवा बेचबिखन ।
वास्तवमा १७८९ को फ्रान्सको राज्यक्रान्ति सम्भ्रान्त वर्ग, सामन्ती वर्ग, विशेषअधिकार वर्ग, भ्रष्ट नोकरशाही तन्त्र र अयोग्य नेतृत्वको बिरुद्धको क्रान्ति थियो । नेपालमा पनि अहिलेको अवस्थामा सम्भ्रान्त वर्ग, सामन्ती वर्ग, विशेषअधिकार वर्ग, भ्रष्ट, नोकरशाही तन्त्र र एकअधिकारवादी पुँजीपती बिरुद्धको चेतना को क्रान्ति आवश्यक छ । यो असमानतामुलक सामाजिक अर्थव्यवस्थाका बिरुद्ध मध्यम वर्गले क्रान्ति गर्न सुरसार गरेके कुरा मेची महाकाली अभियानमा होमिएका दुर्गा प्रसाईको अभिव्यक्तिमा जिकिर हुन्छ ।
व्यक्तिको आन्दोलनले कुनै अर्थ राख्दैन बरु सामुहिकतामा संसारभर चलिरहेको प्याराडाईम सिफ्ट को क्रान्तिमा हाम्रो पनि एकैबद्धता हुन जरुरी छ । शिक्षा, स्वास्थ्य, राजनीति, सुचना र संचार, आर्थिक, सामाजिक, सिप, ज्ञान, प्रबिधी सबैमा प्याराडाईम सिफ्टको आवश्यकता छ । यसका लागि चेतनाको क्रान्तिमा होमिनु बाहेक अर्को विकल्प छैन । हाम्रा सोच, विचार, आर्दश, दर्शन पुराना भईसकेका छन । अब पुराना विचारले मुलुक चल्न सक्दैन तसर्थ यो समाजलाई सहि गतिमा लैजान चेतनाको बिगुल फुकौंं ।
प्रतिक्रिया