ताजा अपडेट »

देवदह नगर स्तरीय अन्तर मावि भलिबलको उपाधि एशियनलाईटलाई

बुधबार, १० फागुन २०७९, १८ : ४३
36 Shares
बुधबार, १० फागुन २०७९
36 Shares

तिलोत्तमा । रुपन्देहीको देवदहमा सम्पन्न देवदह नगरस्तरीय माध्यमिक विद्यालय तह छात्र भलिबलको उपाधि एशियनलाईट बोर्डिङ स्कुलले जितेको छ । देवदह ईङलिस बोर्डिङ स्कुलले आफनो २७ औं वार्षिकोत्सव तथा रजत वर्ष महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि एशियनलाईटले हात पारेको हो ।

फाईनल खेलमा एशियनलाईट देवदह मदरटङ्गस एकेडेमीलाई ३–१, को सेटमा पराजित गर्दै उपाधि कब्जा गर्याे । उपाधिसँगै एशियनलाईटले ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा द्वितीय बनेको देवदह मदरटङ्गस एकेडेमीले ३ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पार्याे । उसले कोलिय बोर्डिङलाई हराएर फाईनलमा प्रवेश गरेको हो । यस्तै प्रतियोगितामा कोलिय बोर्डिङ्ग स्कुल तृतीय बनेको छ । आयोजक देवदह बोर्डिङ्ग स्कुललाई २५–८, १५–५ मा हराउँदै तृतीय बनेको हो । उसले नगद २ हजारसहित शिल्ड तथा प्रमाण पत्र प्रास्त गरेको खेल संयोजक अर्पण पौडेलले जानकारी दिए । देवदह ईङ्गलिस बोडिङ्ग स्कुलले २७ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेको छ ।

यसैबीच रजत महोत्सवकै अवसरमा विद्यालयले बुधबार अभिभावक खेलकूद तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको सहप्राचार्य मनबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अभिभावक कुर्सी रेशमा पुजा न्यौपाने प्रथम, मिना खरेल द्वितीय र इन्दु गुरुङ तृतीय हुनु भयो । यस्तै हन्डी फोरमा कुमार थापा मगर प्रथम, चन्द्र अधै द्वितीय र नुमाकान्त सापकोटा तृतीय बन्नुभयो भने धागो र सुई दौडमा राधिका भण्डारी प्रथम, सुस्मीता न्यौपाने द्वितीय र उमा अधिकारी तृतीय भएको सहप्राचार्य क्षेत्रीले जानकारी दिए । यस्तै बुधबारनै भएको निःशुल्क स्वास्थ्य शिविरमा २२९ जनाले मधुमेहको परीक्षण गरेको र ९२ जनाले दन्त परीक्षण गराएको विद्यालयले जनाएको छ ।

सप्ताहव्यापि कार्यक्रम अन्तरगत फागुन ६ गते सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, ७ गते पुर्व विद्यार्थी तथा शिक्षक पुर्नमिलन कार्यक्रम, ८ गतेदेखि देवदह स्तरीय मावि तह छात्र भलिबल प्रतियोगिता, १० गते अभिभावक खेलकूद प्रतियोगिता तथा स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रम र १२ गते मूल समारोहको आयोजना गरिएको संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार हुने मुल समारोहको सामाजिक मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले उद्घाटन गर्ने कार्यक्रम रहेको र मुल समारोहमा सांसद आशिसकुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम हुने पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।