ताजा अपडेट »

असहाय विद्यार्थीलाई थापा फर्निचर परिवारको छात्रवृत्ति

बुधबार, १० फागुन २०७९, १७ : ३८
83 Shares
बुधबार, १० फागुन २०७९
83 Shares

बुटवल । लायन्स क्लब अफ बुटवल क्षितिज डिस्ट्रीक्ट ३२५ पीको समन्वयमा बुटवल उपमहानगरपालिका–४ मा अवस्थित गरिब तथा जेहेन्दार विद्यार्थीले निशुल्क शिक्षा पाउने भएका छन् । क्लबको समन्वयमा बुटवलकै थापा फर्निचर परिवारले लक्ष्मी माविमा अध्ययनरत ३ जना विद्यार्थीलाई कक्षा १० सम्म अध्ययनका लागि सम्पूर्ण खर्चको जिम्मेवारी लिएको छ ।

कक्षा २ मा अध्ययनरत छात्र श्रृष्टी पाठक, कक्षा ४ मा अध्ययनरत बसन्त पुन र कक्षा ५ मा अध्ययनरत गुणबिर रास्कोटीलाई कक्षा १० सम्म अध्ययनका लागि सम्पूर्ण खर्चको जिम्मा परिवारले लिएको हो । सो अवसरमा बोल्दै लायन पिएमसिसि पिएमजेएफ सुनिल ओजान्थान्चेले लायन्स अन्तराष्ट्रीय संस्था भएता पनि स्थानीय तहमा बिभिन्न असाहय तथा गरिब परिवारलाई माथि उठाउने अभियानमा लागेको बताए । कार्यक्रममा लायन्स क्लब अफ बुटवल क्षितीजका अध्यक्ष पुजन थापाले, सचीब अभिमन्यु पन्थी तथा पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा लक्ष्मी माविका प्राचार्य शान्ती सर्माले विद्यालयका छात्र छात्रलाई गरेको सहयोगप्रति थापा फर्नीचर उद्योग तथा क्लबलाई धन्यबाद ज्ञापन गरे । क्लबले गरेको सामाजीक कार्यले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढ्ने वातारण बनाउन पहल गरेकोप्रति आभार प्रकट गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।