ताजा अपडेट »

एकीकृत समाजवादीले राष्ट्रपतिबारे सबैसँग छलफल गर्ने

बुधबार, १० फागुन २०७९, १६ : ४७
22 Shares
बुधबार, १० फागुन २०७९
22 Shares

काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनका विषयमा सम्बन्धित् सबैसँग छलफल गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा सम्बन्धित् सबैसँग छलफल गर्ने निर्णय गरेको बैठकपछि महासचिप बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । 

महासचिव भुसालले सार्वजनिक गरेको विज्ञप्तिको पूर्णपाठ :

आज २०७९ फागुन १० मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ५० औँ बैठक पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा बस्यो । बैठकमा अहिले मुलुकभित्र घोर दक्षिणपन्थी तथा पुनरुत्थानवादी शक्तिहरुले संविधान र लोकतन्त्रका विरुद्ध विभिन्न ढङ्गले गतिविधि गरिरहेको सन्दर्भमा गम्भीर छलफल भयो र यस सम्वन्धमा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षधर सबैसँग छलफल गर्ने निर्णय गरियो । साथै राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरियो ।

डा. बेदुराम भुसाल)
महासचिव
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।