ताजा अपडेट »

जब करण दाइ ब्याटिङमा आउनुभयो गेम जित्छौं भन्ने ढुक्क भए : कप्ता रोहित पौडेल

मंगलबार, ०९ फागुन २०७९, १९ : ४६
18 Shares
मंगलबार, ०९ फागुन २०७९
18 Shares

बुटवल । आईसीसी क्रिकेट विश्वकप लिग टूको खेलमा नेपालले क्लिनस्वीप गरेको छ । शृङ्खला अन्तरगत मँगलबार भएको अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध नेपाललाई जिताउन नट आउट ९१ रन बनाएका कप्तान रोहितकुमार पौडेलले दशौं नम्बरमा ब्याटिङमा आएका करण केसीसँग केही पार्टनरसीप बनेपछि अब जित्छौं भनेर आत्मविश्वास बढेको बताएका छन् ।

उनले ६ विकेट गुमाउँदासम्म जित्ने विश्वास रहे पनि त्यसपछि लगातार विकेट गएपछि के हुने हो भन्ने दबाव परेको बताए । आठौं नम्बरमा आएका सन्दिप लामिछाने ९ रन बनाएर आउट भएपछि थप दबाब बढेपनि करणले राम्रो साथ दिएको उनले बताए । ८ विकेट गुमाएपछि ब्याटिङमा आएका करण केसीसँगको साझेदारी जमेपछि आफूमा जितिन्छ भनेर विश्वास बढेको उनले बताए । १३८ रनमा ८ विकेट गुमाएर दबाबमा परेको नेपाललाई कप्तान रोहित र करणले जिताएका थिए । उनीहरुले नटआउट ७५ रनको साझेदारी गरेका थिए ।

‘करण दाइ र मैले एक एक रन बनाउ र जितौं भनेर योजना बनाइरहेका थियौं,’ नेपाललाई चौका हानेर जिताएका उनले भने, ‘उसले (बलर) खुट्टामा बल फाल्दियो, त्यो बल चार रन भयो, अनि धेरै रिलिफ भयो ।’

खेल सकिन ३५ बल बाँकी छँदै २१३ रनको लक्ष्य भेट्टाउने क्रममा नट आउट ९१ रन बनाएका रोहितले भने, ‘ओभर टन्नै थियो, त्यसैले एक एक रन बटुलेर पनि जित्नु पर्छ भनेर खेलेका थियौं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।