ताजा अपडेट »

गुल्मीमा जारी ज्ञानज्योति महायज्ञको पहिलो दिनमै एक करोड संकलन

मंगलबार, ०९ फागुन २०७९, १९ : ५४
36 Shares
मंगलबार, ०९ फागुन २०७९
36 Shares

गुल्मी । ज्ञानज्योति आधारभूत विद्यालय मुसिकोट नगरपालिका-९ अर्लाङ्कोट पाँणथोक गुल्मीले आयोजना गरेको रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञको पहिलो दिन मै एक करोड बढी दान प्राप्त भएको छ ।

विद्यालय स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरेको हो । कलश यात्रासहित सुरु भएको महायज्ञको प्रमुख अतिथि एवम् गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज र विशिष्ट अतिथि गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रमको पहिलो दिन पूजा पाठ, कलश यात्रा, भजन कृतन लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले योजना गरिएको महोत्सव सफल बनाउन सबै जुट्नुपर्ने बताए । उनले दुई वटा उद्देश्य लिएर महायज्ञ सन्चालन गरिएको बताउँदै एउटा शैक्षिक गुणस्तर वृद्धि र अर्को माध्यमिक तहसम्म पढाउनका लागि तीन करोड बढी रकम संकलन गर्ने लक्ष्य रहेको सुनाए ।

फाल्गुण १६ गतेसम्म चल्ने रजत महोत्सव एवम् धनधान्याञ्चल महायज्ञमा कथा प्रवचन, भजन कृतन, पूजापाठ लगायतका कार्यक्रमहरु रहनेछन् । महोत्सव मूल आयोजक समितिका उपसंयोजक प्रेम सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मूल समारोह समिति संयोजक यदुलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, विदेशका विभिन्न स्थानबाट महोत्सव सफल बनाउन आएका व्यक्ति, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयले राखेको उद्देश्य पूरा गर्न विभिन्न व्यक्तिहरुसँग थालिएको सहयोग संकलन अभियानमा अहिलेसम्म झण्डै १ करोड रुपैँया सहयोग संकलन भएको आर्थिक समिति संयोजक विश्वनाथ सापकोटाले बताए । अझै पनि विभिन्न ठाउँबाट सहयोगीहरु जोडिने क्रम जारी रहेकाले उद्देश्य बमोजिम आर्थिक सकंलन हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।