ताजा अपडेट »

राष्ट्रपतिमा आफ्नो उम्मेदवारीबारे मैले र पार्टीले केही सोचेको छैन: माधव नेपाल

मंगलबार, ०९ फागुन २०७९, १४ : ०९
38 Shares
मंगलबार, ०९ फागुन २०७९
38 Shares

दाङ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् । 

देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको बताएका हुन् ।  माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको भनिएका बेला अध्यक्ष नेपालको सञ्चार माध्यममा आएका सबै सत्य नहुने बताए । 

तर, शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताएका उनले राष्ट्रपतिबारे वृहत छलफल आवश्यक रहेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।