ताजा अपडेट »

‘अमेरिका र चीन जलवायु परिवर्तनका क्षतिको जोखिममा छन्’

सोमबार, ०८ फागुन २०७९, १७ : २५
41 Shares
सोमबार, ०८ फागुन २०७९
41 Shares

काठमाडौँ । अमेरिका र चीन जलवायु परिवर्तनका कारण हुने क्षतिको सबैभन्दा बढी जोखिममा रहेका एक प्रतिवेदनले देखाएको छ । दुवै देशका आर्थिक एवम् औद्योगिक क्षेत्र जलवायु परिवर्तनका कारण हुनसक्ने प्रतिकूल मौसमबाट जोखिममा पर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनबाट व्यापक क्षति र गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेतर्फ ती देशलाई सचेत गराउँदै प्रतिवेदनले तत्काल जलवायु अनुकूलन उपाय अवलम्बन गर्न सुझाएको छ । जलवायु जोखिममा रहेका शीर्ष दश स्थानमध्ये नौ वटा चीनमा रहेका छन् । क्रस डिपेन्डेन्सी इनिसिएटिभको विश्वव्यापी ¥याङ्किङमा चीनका जियाङ्स ुर शान्डोङ  अधिक जोखिममा छन् । 

चीनपछि अमेरिका सबैभन्दा उच्च जोखिममा रहेको मुलुक हो । विश्वव्यापी सूचीमा दशौँ स्थानमा रहेको फ्लोरिडा अमेरिकाको सर्वाधिक जोखिममा परेको राज्य हो । उच्च जोखिममा रहेको फ्लोरिडापछि क्यालिफोर्निया र टेक्सास छन् । जलवायु जोखिममा रहेका शीर्ष एक सय देशमा चीन, भारत र अमेरिकाका आधारभन्दा राज्य र प्रान्त छन् ।-एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।