ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

सोमबार, ०८ फागुन २०७९, १७ : ००
22 Shares
सोमबार, ०८ फागुन २०७९
22 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । 

सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपतिको निर्वाचनको विषयमा कुराकानी भएको छ । भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई लिएर दुई शीर्षनेताबीच कुराकानी भएको हो । 

राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानी भएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफ्नो पार्टीको बैठक बस्नुअघि अध्यक्ष नेपाललाई भेटेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।