ताजा अपडेट »

स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता

सोमबार, ०८ फागुन २०७९, १३ : ३३
24 Shares
सोमबार, ०८ फागुन २०७९
24 Shares

काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाली टी–२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।