ताजा अपडेट »

संघीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान : मुख्यमन्त्री गिरी

आइतबार, ०७ फागुन २०७९, १४ : २४
114 Shares
आइतबार, ०७ फागुन २०७९
114 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान रहेको उल्लेख गरेका छन् । संघीयता कार्यान्यनका क्रममा देखिएका कमजोरीहरुलाई समेत क्रमिक रुपमा हटाउँदै लगिने उनले बताए । गाँउपालिका रास्ट्रिय महासंघको लुम्बिनी प्रदेश अधिवेशनको उदघाटन गर्दै मुख्यमन्त्री गिरीले संविधानले निर्दिष्ट गरेका कतिपय विषय कार्यान्वयन हुन नसकेको जिकीर गरे ।

उनले गाँउपालिका र नगरपालिका महासंघसँग तालमेल र सहकार्य गरेर अगाडी बढ्न प्रदेश सरकार इच्छुक रहेको बताउँदै अनावश्यक बोझ हटाउँदै सहज र सरलढंगले समन्वय गरिने उल्लेख गरे । संघीयताको कार्यान्वयनसँगै जनताले दुख पाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउँदै मुख्यमन्त्री गिरीले तीन तहलाई अधिकार बाँडफाँट गरेर संचालनमा आएको वर्तमान व्यवस्था नै उत्तम व्यवस्था भएको दाबी गरे । महासंघबाट आएका महत्वपूर्ण सुझावलाई कार्यान्वय गर्ने प्रतिबद्धता जनाउँदै छिट्टै बाँकी रहेका कानुनहरु निर्माण गरि संघीयतालाई पूर्ण कार्यान्वयनको दिशामा लगिने बताए ।

कार्यक्रममा बोल्दै गाँउपालिका महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले विषय तोकेर सशर्त बाँडिने खुद्रे बजेटले गाँउपालिकालाई अपजस व्यहोर्न बाध्य बनाएको बताइन् । उनले विषयगत शिर्षकमा खुद्रा बजेट दिनुभन्दा गाँउपालिकाले तयार गरेको योजना कार्यान्वयन हुने गरि एकमुष्ट बजेट विनियोजन गर्दा परिणाम आउन सक्ने दाबी गरिन् । संघीयताको मूल कार्यान्वयन स्थानीय तहबाट हुने भएपनि प्रदेश र संघमा समयमा कानुन बन्न नसक्दा अन्यौलता रहेको उनको भनाई छ ।

सिंचाइ, शिक्षा, जग्गाको वर्गिकरण जस्ता विषयवस्तु कानुनले नचिन्ने जिल्लामा लगेर राखिएको गुनासो गर्दै उनले संघ र प्रदेशले समयमा कानुन बनाउन नसक्दा जनताले सेवा प्राप्तीमा सास्ती व्यहोर्नु परेको बताइन् । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष मधुकृष्ण पन्थले समानिकरणको बजेट, ससर्त बजेट र संघर प्रदेशले विनियोजन गर्ने बजेटलाई बैज्ञानिकरण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहको कार्यान्वयनसँगै जनताले घरघरबाटै सेवा पाएको दाबी गर्दै अझै गहिरो अनुभूति दिलाउन छिटो आवश्यक कानुन बनाएर कार्यान्यननमा लैजान आवश्यक रहेको बताए ।

महासंघको अधिवेशनले स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेको आधारमा आजै नयाँ नेतृत्व चयन गरि पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गत बैशाख ४ गते सम्पन्न स्थानीयतह निर्वाचनको परिणाम अनुसार लुम्बिनी प्रदेशमा कांग्रेसले अध्यक्ष पाउने छ भने एमालेले सचिव र माओवादी केन्द्रले कोषाध्यक्ष पाउने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।